कर्णाली प्रदेशभर सञ्चालित सञ्चार गृहलाई एक लाख दिइने
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १३:३९:३४
२८ माघ, कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरिएको बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतद्वारा मंगलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले प्रसारकका साथै प्रकाशक सञ्चार गृहलाई पनि आर्थिक सहयोग गर्ने बताएका हुन् ।
“कर्णालीका एफएम रेडियो, केवल, टेलिभिजन र सिनेमालाई सूचना प्रसारण गरेवापत रु एक लाख दिने निर्णय गरेका छौँ”, उनले भने, “शुरुआतमा यसको ५० प्रतिशत रकम उपलब्ध गराउँछौँ र सूचना प्रकाशन प्रसारणपछि पूरा रकम उपलब्ध गराउँछौँ ।”
मन्त्री भण्डारीले प्रसारक सञ्चार गृहलाई मात्र नभई छापा माध्यमका लागि पनि केही रकम छुट्याएको बताए । कर्णालीका पत्रकारहरुका लागि दुर्घटना बिमाको कार्यक्रम ल्याएको जनाउँदै उनले भने, “हामीले पत्रकारिता विषयअन्तर्गत स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ । अहिले पत्रकारहरु छात्रवृत्तिबाट पत्रकारिता विषय अध्ययन गरिररहेका छन् ।”
अनुसन्धानविनाको समाचार प्रकाशन तथा प्रसारणले नागरिकको मन जित्न नसक्ने भन्दै उनले त्रुटिपूर्ण नभई अनुसन्धानात्मक ढङ्गले स्रोतको पुष्टि हुने गरी समाचारहरु सम्प्रेषण गर्न सुझाव दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले जनमैत्री पत्रकारिता अहिलेको आवश्यकता रहेको औल्याउँदै पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि भएका ज्यादतीहरुको अन्त्य गर्न राज्यको ध्यानाकर्षण गरे ।
महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाले पत्रकार आवाजविहीनको आवाज हुनुपर्नेमा जोड दिए । नागरिक अगुवा पिताम्बर ढकालले सङ्ख्यात्मक हिसाबबाट नभई गुणात्मक पत्रकारिताको विकासले सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताए।
महासंघ जिल्लाशाखाको २५औँ साधारणसभाबाट शान्ति तथा विकास पत्रकारिता, खानेपानी तथा सरसफाइ पत्रकारिता लगायतका विभिन्न विधागत पत्रकारिताबाट पत्रकारहरु भानुभक्त खड्का, डम्बर आचार्य, देवीराम देवकोटा, ललित बुढा, मानबहादुर ओली, खिम बुढा, मधुवन विसी, चाँदनी कठायत र गीता थापा पुरस्कृत तथा सम्मानित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार
बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार