पौड्यालको राजीनामा लगत्तै सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार १९:५१:४१
२८ माघ, काठमाडौं । सञ्चालकहरु बीच सदावहार विवाद हुने सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले कुशल बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सनराइज बैंकका निर्वतमान सीईओ जनक शर्मा पौड्यालले मंगलबार मात्रै पदबाट राजीनामा दिएका थिए । पौड्यालको राजीनामा स्वीकृत गरेको भोलिपल्टै शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको हो । उनले आज बुधबारबाटै कार्यभार सम्हालिसकेका छन् ।
बैंकिङ क्षेत्रमा २२ बर्षभन्दा बढीको अनुभव सम्हालेका शर्मा कुशल बैंकरको रुपमा चिनिन्छन् । यसअघि उनी माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । चार बर्षे कार्यकालमा २ बर्ष बाँकी रहँदै उनले गत ०७६ फागुन २८ गते माछापुच्छ्रे छाडेका थिए । त्यसपछि खाली बसिरहेका थिए । लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्रचर बैंकको सीईओमा पनि उनको नाम चर्चामा थियो ।
माछापुच्छ्रेमा सीईओ हुनुअघि शर्मा ग्लोबल आईएमई बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत थिए । त्यसपछि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।
शर्माले एनएमबी बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरेका थिए । उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार