तुम्लिङटार विमानस्थलको धावनमार्गको मर्मत सम्भार शुरु
नेपालबहस संवाददाता
माघ ३०, २०७७ शुक्रबार १९:१२:१५
३० माघ, सङ्खुवासभा । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको मर्मत सम्भार शुरु भएको छ । यससँगै यो विमानस्थलमा काठमाडौंबाट भइरहेको ठूला जहाजको उडान बन्द भएको छ । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गर्दै आएको थियो । अब विमानस्थलमा समिट एयरले ट्वीनअटर जहाजबाट नियमित उडान थालेको छ । धावनमार्गको मर्मतका लागि ठूला जहाजको उडान भने बन्द भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलको धावनमार्गको मर्मत कार्य आगामी चैत २ गतेसम्म चल्ने छ । त्यतिन्जेल आधा धावनमार्गको प्रयोग गरी साना जहाजबाट भने उडान हुनेछ । पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्वाध उडान भइरहेको विमानस्थल हो । बुद्ध एयरले समेत एक महिनाका लागि काठमाडौं–तुम्लिङटार रुटको उडान बन्द भएको जानकारी गराएको छ । ट्वीनअटर जहाजबाट उडान गर्दा यात्रुलाई आवतजावतमा समस्या भएको छ ।
विमानस्थलको धावनमार्गको कालोपत्र खाल्डाखुल्डी पर्ने र उप्किएपछि जहाज उडानमा खतरा पर्ने देखेपछि मर्मत गर्ने काम शुरु भएको हो । एक वर्षअघि २०७६ चैत ३ देखि धावनमार्ग मर्मत गर्न एपेक्स कन्ट्रक्सन कम्पनीलाई ठेक्का दिए पनि विश्वभर फैलिएको कोरोना भाइरसका कारण धावनमार्गको मर्मत काम हुन सकेको थिएन । गत कात्तिकदेखि धावनमार्ग मर्मतको काम शुरु गरिएको एपेक्स कन्ट्रक्सन कम्पनीका प्रतिनिधि लालध्वज लामाले जानकारी दिए ।
उनले तुम्लिङटार विमानस्थलको धावनमार्गको काम दुई महिनाभित्र सक्ने गरी दिनरात पाँच दर्जन बढी कामदार खटाइएको जानकारी दिए । विसं २०७७ चैत ३ गतेसम्म रनवे मर्मतको काम सक्ने गरी सम्झौता भए पनि फागुन १७ गतेभित्र नै काम सक्ने गरी लागिपरेको कन्ट्रक्सनका प्रतिनिधि लामाको भनाइ छ । तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार ४२० मिटर लामो रहेको छ ।
दश वर्षअघि विमानस्थलको धावनमार्ग कालोपत्र पनि यही कम्पनीले गरेको थियो । त्यसमा अहिले ७०० मिटर आधा भाग मर्मतको काम भइरहेको छ । अहिले साना जहाजले ७०० मिटरको धावनमार्गमा उडान भर्दै आएका छन् । अहिले धावनमार्गको दक्षिणतर्फको ७०० मिटरमा काम भइरहेको र त्यो क्षेत्र सम्पन्न भएपछि उत्तरतर्फको धावनमार्गको काम शुरु हुनेसमेत उहाँले जानकारी दिए ।
विमानस्थलमा पूर्णरूपमा जहाज बन्द गरिँदा बिरामी र वृद्धवृद्धालाई असहज परिस्थिति सिर्जना हुने भएकाले साना जहाजले दैनिक उडान भर्न थालेको यती एअरलाइन्सका तुम्लिङटार प्रतिनिधि प्रताप गुरुङले जानकारी दिए । अहिले तुम्लिङटार विमानस्थलमा यती एयरलाइन्स ‘१६ सिट भएका’, तारा जहाजले उडान भर्दै आएका छन् । यसैगरी धावनमार्गमा बुद्ध एअर, समिट एअरले दैनिक तुम्लिङटार–काठमाडौं सिधा उडान भर्दै आएका छन् भने हप्तामा दुई दिन सोमबार र शुक्रबार तुम्लिङटार–विराटनगरसमेत उडान भर्दै आएका छन् । यसअघि यती र बुद्ध एयरलाइन्सका २७ सिटे जहाजले दैनिक तुम्लिङटार–काठमाडौं उडान भर्दै आएका थिए ।
पूर्वी नेपालको सङ्खुवासभा जिल्ला सडक यातायातले जोडिएको जिल्ला भए पनि सडकको स्तरोन्नति हुन नसक्दा सवारी यातायातको सुविधा त्यति प्रभावकारी बनेको देखिँदैन । खाँदबारीदेखि धरान–विराटनगर जाँदा आधाभन्दा बढी भाग कच्ची सडकको यात्रा गर्नुपर्छ ।
यसैगरी सङ्खुवासभामा ठूला अस्पताल र शैक्षिक सङ्घसंस्था नहुँदा धरान, विराटनगर र काठमाडाैं नै धाउनुपर्ने बाध्यता छ । हवाई यातायातका लागि एकमात्र भरपर्दो तुम्लिङटार विमानस्थल हुँदै सङ्खुवासभाका साथै छिमेकी जिल्ला भोजपुरका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालगायतका नागरिकलाई तुम्लिङटारबाट नै विराटनगर र काठमाडौँ जान नजिक पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार