तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
फागुन १, २०७७ शनिबार १०:५१:४४
वि.सं. २०७७ साल फाल्गुन ०१ गते । शनिबार इ.स.२०२१ फेब्रुवरी १३ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । तिथी– द्वितीया,२४ बजेर ४२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–शतभिषा,१५ बजेर १४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– शिब,२५ बजेर ४१ मिनेट उप्रान्त सिद्ध । करण–बालव,१२ बजेर २३ मिनेट उप्रान्त कौलव,२४ बजेर ४२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेटमा,सूर्यास्त १७ बजेर ५२ मिनेटमा । दिनमान २७ घडी ४८ पला । फाल्गुन संक्रान्ति ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने छ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैंकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्ने छ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जाने छ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ ।मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्ने छ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउँमा तपाईको कामको प्रशंसा हुने छ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- सानो प्रयत्नले हुने काम पनि दिनभर लगाएर गर्नुपर्दा समय त्यतिकै व्यतित हुनेछ । बन्द व्यापारमा मन्दी आउनेछ । स्वास्थ्यमा समस्या आउने योग रहेको छ । पढाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने छ । साथीभाई तथा छिमेकमा असमझदारी बढ्ने छ । धार्मिक क्षेत्रतिरको यात्रामा मन जानेछ । मायाप्रेममा अबिश्वास बढ्ने तथा जीवनसाथीसँग मनमुटाव बढ्ने छ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ, ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्यम रहेको छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइने छ। आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेको छ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेको छ । आफन्त तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेको छ । सत्रुहरुले टाउको उठाउन खोज्नेछन्, ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । तपाईको कामबाट अरुले फाईदा लिन खोज्नेछन् । स्वास्थ्यमा सामान्य समस्या आई खर्च बढ्नेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- बिभिन्न समस्याको फेस गर्नुपर्दा मानसिक तनाव बढ्नेछ भने खुलेर काम गर्ने वातावरण नहुँदा आर्थिक क्षेत्र धरासायी हु सक्छ, सचेत रहनुहोला । सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिने छ । प्रेम गर्ने जोडीहरु आज टाढै बस्नु उचित छ, मायाप्रेममा धोका हुनसक्छ । खानपानमा ध्यान दिनुहोला, सामान्य पेट सम्बन्धी समस्या आउन सक्छ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – दौडधुप तथा लामो खटाईले मात्र कामहरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्याक्तिहरुसँग विवाद बढ्ने योग रहेको छ । तर पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिने छ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- नराम्रो काम तथा नराम्रा घटनाहरुको सामना गर्नुपर्दा दिनलाई सही रुपमा सदुपयोग गर्न सकिनेछैन । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रस्तुतिमा भाग लिदा प्रशस्त तयारी गर्नुहोला, कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिनानै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुनसक्छ, ध्यान दिनुहोला । व्यवसायमा सामान हराउने तथा नाफा कमाउन अरु दिन भन्दा बढी समय खर्चनु पर्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिने छ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिने छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेको छ । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरु कमजोर रहनेछन् । लेनदेनको विवादले आत्मसम्मानमा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला । टाढाको यात्रा हुने भएपनि यात्राको क्रममा दुःख पाईनेछ । शरीरमा आलश्यता बढेर जानेछ भने भौतिक तथा विलाशी वस्तु हराउन सक्छ, ख्याल गर्नुहोला । तर पनि विदेशमा बसेर काम गर्नेहरुका लागि वा विदेशी सामानको व्यापार गर्नेहरुका लागि समय राम्रो रहेको छ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार