पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा यात्रामा असहज
नेपालबहस संवाददाता
फागुन १, २०७७ शनिबार १५:५५:४५
१ फागुन, गलेश्वर । पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । करिब एक दशकअघि पहिचान भएको यो पदमार्ग सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको यस क्षेत्रको सम्भावनायुक्त पदमार्ग हो ।
रघुगङ्गा गाउँपालिकाको रुइसेडाँडादेखि धौलागिरि आइसफलसम्मका खैरो खोला, फेदी खोला, सेतिने खोला, सरल धारा र काती बरहा खोलामा पुल नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको चिमखोलाका गमबहादुर पुनले बताए ।
“धौलागिरि आइसफल पुग्न पर्यटक आए पनि खोलामा साँघुको भरमा तुर्नुपर्छ”, उनले भने । आइसफल पुग्न ठाउँठाउँमा पदमार्ग निमार्णले सहज भए पनि खोलामा पुल नहुँदा यात्रामा असहज भएको धौलागिरि आइसफलको यात्राका लागि काठमाडौँदेखि आउनुभएकी सविना ढकालले बताए ।
“अरु बाटोमा त जेनतेन हिडियो खोलामा निकै गाह्रो भयो, केही खोलामा त यहाँका स्थानीय दाइहरुले बोकेर नै तार्दिए”, उनले भने । “यो आइसफललाई पर्यटकीय गन्तव्य बनाउन पहिला खोलामा पुल हाल्न आवश्यक देखियो ।” रघुगङ्गा गाउँपालिकाका अधिकांश वडालाई समेटेको यस पदमार्गलाई व्यवस्थितरुपमा सञ्चालनमा ल्याउन गाउँपालिकाले ‘विस्तृत परियोजना प्रतिवेदन’ डिपिआर तयार गर्ने काम अन्तिम चरणमा पु¥याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
“कहाँ–कहाँ के पूर्वाधार बनाउने भनेर डिपिआर भएको छ, त्यसको रिपोर्ट आयो भने सम्बन्धित निकाय र मन्त्रालयमा प्रस्ताव पेश गर्छौं”, अधिकृत सुवेदीले भने । चालु आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २५ लाख बजेटबाट यस क्षेत्रमा निर्माण गरिएको पदमार्गले यात्रामा सहज भए पनि खोलामा पुलको समस्या देखिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
स्थानीयले पदमार्गअन्तर्गत कोखेभिरमा डोरीको सहायताले पदमार्ग निर्माण गरिरहेका छन् । कोखेभिरसँगै पापीधर्मी भिरमा ३०० मिटर बढी कडा पहाडलाई कटान गरेर पदमार्ग बनाउनुपर्ने देखिएको अध्यक्ष भण्डारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार