तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
फागुन २, २०७७ आइतबार ५:४९:२३
वि.सं. २०७७ साल फाल्गुन ०२ गते । आईतबार इ.स.२०२१ फेब्रुवरी १४ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । तिथी– तृतीया,२५ बजेर ४२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–पूर्वाभाद्रपदा,१६ बजेर ३६ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–सिद्ध,२५ बजेर २९ मिनेट उप्रान्त साध्य । करण–तैतिल,१३ बजेर ०८ मिनेट उप्रान्त गर,२५ बजेर ४२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–कुम्भ,१० बजेर १३ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेटमा,सूर्यास्त १७ बजेर ५३ मिनेटमा । दिनमान २७ घडी ४२ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- बिहानको समय उत्तम रहेकोले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिने छ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिने छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । मध्यान्हबाट साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाईदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारीसाधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ ।पढाईलेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुनाले आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पति तथा सरकारी सम्पतिको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न हुनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाड्नेहरू धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिने छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- अरुकै काममा समय बित्ने हुँदा पढाइ लेखाइ प्रभावित हुनेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानी गर्ने सोचमा हुनुहुन्छ । ऋण, रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् ।प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनेछ भने पतिपत्नीबीच अबिश्वास पैदा हुन सक्छ, ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :-व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पतिको भरपुर प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागि समयले साथ दिनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- मायाप्रेम तथा पारिवारिक जीवन सन्तोषप्रद हुनेछ । बिद्या बुद्धिको प्रयोगमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु केही भए स्वत ठिक हुनेछ । व्यापार बिस्तार गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । पढाईलेखाईमा प्रतिद्धन्द्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमूखि व्यवसायबाट मनग्गे धनआर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्यम रहेको छ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- दौडधुप तथा लामो खटाईले मात्र काम सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नयाँ बिवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरुसँग बिवाद बढ्ने योग रहेको छ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिने छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- व्यापार व्यापार फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्यक्तिमार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडि बढ्न सकिने छ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाईसँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्रपंतिमा आउन सकिनेछ । मेहनत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार