महिला हिंसाविरुद्ध गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १६:३२:१३
३ फागुन, दाङ । दाङमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिएको छ । महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग्दै दाङका नागरिक समाज, मानव अधिकारकर्मी र अन्तरपार्टी महिला सन्जालले सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
बालिका र महिलामाथि भैरहेका जघन्य अपराध, असुरक्षा र निरन्तर हिंसा सहेर बाँच्नु पर्ने वातावरण बदल्न नसक्ने गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको उल्लेख गर्दै उनीहरुले आइतबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई जोगाउने सबैलाई समेत दण्डित गर्ने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन गर्न, शून्य सहनशीलताको नीतिलाई नागरिकले अनुभूति गर्नेगरी व्यवहारतः लागू गर्न, बलात्कारको कसूर गर्नेलाई सर्वस्वसहित जन्मकैदको कानुनी व्यवस्था गर्न, बलात्कारका अपराधमा देखिएको फितलो अनुसन्धान, असंवेदनशील कार्यशैली, घटनालाई हलुका रुपमा लिने प्रवृत्तिको तत्काल अन्त्य गर्न माग गरिएको छ ।
बलात्कार पीडितको न्यायका लागि ज्ञापनपत्र बुझाउन जानुअघि घोराहीको तुलसीपुर चोकबाट र्याली निकालिएको थियो । र्यालीमा सहभागीहरुले सरकारको विरोधस्वरुप कालो कपडा लगाएका थिए । उनीहरुले ‘महिला हिंसा बन्द गर’, ‘महिला हिंसाविरुद्ध एक होऔं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार