विराट राजाको दरबार बनाउने अभियानमा महानगर
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १७:३४:२३
३ फागुन,विराटनगर । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ ।
पुरातत्वका विषयमा दखल राख्नेले बनाएको गुरुयोजनामाथि विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वले बहस गरेका छन् । र्नुभएको छ । लेखक तथा पुरातात्विक संरक्षण अभियानकर्मी लोकेन्द्रकुमार मल्ल, पण्डित भवानी शङ्कर निरौला, लक्ष्मीनारायण मन्दिर पाञ्चालिका पीठाधीश अच्युत प्रपन्नाचार्य, धार्मिक वक्ता रामानुज नेपाल, वास्तुविद् तथा शहरी योजनाकार पुरुषोत्तम डङ्गोल, शहरी योजनाकार उनम प्रधान, नेकपाका युवा नेता सागर थापा, नेपाली कांग्रेस नगरका कार्यवाहक सभापति अरुण न्यौपाने, साहित्यकार तथा समालोचक दधिराज सुवेदी, उद्योगी तथा व्यवसायी सुजन थापालगायतले आआफ्ना सुझाव दिएका थिए ।
महानगरपालिका प्रमुख भीम पराजुलीले विराट राजाको दरबारको संरक्षणसहित विकास गर्ने मुख्य योजनाका रूपमा अगाडि बढेको बताएका छन् । पुरातात्विक महत्वका वस्तुलाई आधुनिकतासँग जोडेर त्यस क्षेत्रको विकास गर्ने योजना रहेको प्रमुख पराजुलीले उल्लेख गरेका छन् । आफ्नो कार्यकालमा यो अभियानको शुरुआत गर्ने भन्दै प्रमुख पराजुलीले उत्खननबाट फेला परेका विराट राजासँग सम्बन्धित वस्तुको सङ्ग्रहालयदेखि आधुनिक सुविधासहितको पार्क, खानपानका लागि व्यवस्थित फुडस्टल र विराटकालीन इतिहासको प्रदर्शन गर्ने डिजिटल हललगायत संरचना निर्माण गर्ने लक्ष्य महानगरले राखेको छ ।
कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, विराटराजाको दरबार निर्माण समितिका संयोजक सुरेन्द्र गोल्छा, जसपाका नगर अध्यक्ष मो नसरुल, वडाध्यक्षहरु विनोद बस्नेत, देवेन्द्र पोखरेल, राजदेव यादव, धार्मिक अभियानकर्मी अनन्त पराजुलीलगायतको सहभागिता रहेको थियो ।
प्राचीन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकालीन भएको मानिन्छ । धार्मिक ग्रन्थमा समेत यो क्षेत्रबारे वर्णन छ । पाण्डव वनवासपछि एक वर्ष गुप्तवासका लागि विराट राजाको दरबारमा आई बसेका थिए । उस बेलाको ३०÷४० कोठाको दरबार र मन्दिर जमीनमुनि रहेको विश्वास गरिन्छ । यसको सम्पूर्णरूपमा उत्खनन भने भएको छैन । प्रमुख पराजुलीकै पहलमा पुरातत्व विभागले सूचीमा दर्ज भने गरेको छ । यसको निर्माणका लागि पुरातत्व विभागले पूर्णरूपमा अनुमति दिनुपर्ने हुन्छ । त्यसका लागि अन्तिम प्रयास भइरहेको छ ।
विराट राजाको दरबारलाई संरक्षण, सम्वद्र्धन गर्न तथा यसको आधुनिकतासँग जोड्न बृहत् गुरुयोजना बनाउने र विज्ञको सुझावका आधारमा काम थाल्ने गरी प्रयास भइरहेको बताइएको छ । विराटनगर रानी भन्सारदेखि केही पूर्व भेडियारीस्थित रहेको सो दरबार उचित संरक्षण, हेरचाह तथा लगानीको पर्खाइमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार