स्वास्थ्यजन्य फोहर व्यवस्थापन गर्दै उपमहानगर
नेपालबहस संवाददाता
फागुन ३, २०७७ सोमबार १८:१६:५०
३ फागुन,नेपालगञ्ज । नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहरको उचित व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआइजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच आज द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार एलेक्कजेन्ड्रा पुलुस्केले हस्ताक्षर गरेका छन् । स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि प्राविधिक तथा उपकरणको सहयोग जिआईजेडले गर्ने भएको छ । उपमहानगरपालिकाले भवन निर्माण प्रक्रिया शुरु गरेको छ ।
समझदारीपत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख डा धवल शम्शेर राणाले स्वास्थ्य क्षेत्रको हवको रुपमा रहेको नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन हुनु आफैमा ठूलो उपलब्धि भएको बताएका छन् । उनले सम्झौतानुसार उपमहानगरपालिकाले छिट्टै भवनको काम अघि बढाइने बताए । नगर उपप्रमुख उमा थापा मगरले नगरको चाहनाको परियोजना सञ्चालन भएकामा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गरेको बताएकी थिईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार