उज्यालो बन्दै हलेसी तुवाचुङ नगर
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार १७:३३:१०
५ फागुन,खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । करिब ६०० घर मानिसको बसोबास रहेको धितुङवासीको सबै घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि मङ्गलबार औपचारिक कार्यक्रमको आयोजना गरेर उज्यालो वडा घोषणा गरिएको हो ।
नगरपालिकाको उज्यालो वडा अभियानअन्तर्गत धितुङको बखुवामा कार्यक्रमको आयोजना गरी नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बिजुली बत्तीको स्वीचअन गरेर उज्यालो वडा घोषणा गरेका छन् । नगरपालिकाको आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा उज्यालो वडा बनाइएको वडाध्यक्ष पृथीराज राईले बताएका छन् ।
धितुङमा वर्षौँपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बत्ती बलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयदेखि अँध्यारोमा बस्दै आएका धितुङवासी केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि लेखपढ र कुटानी पिसानी गर्न, इमेल इन्टरनेट र कम्प्युटर चलाउन तथा टेलिभिजन हेर्न पाएका छन् ।
नगरपालिकाले दुई महिनापछि दुर्छिम र च्यास्मिटारलाई उज्यालो वडा घोषणा गर्ने तयारी गरेको जनाइएको छ । डिकुवा र बाहनीडाँडामा विद्युत् विस्तारको काम युद्धस्तरमा भइरहेको र अन्य वडालाई यसअघि नै उज्यालो वडा घोषणा गरिसकिएको छ । एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकालाई उज्यालो नगर बनाउन स्थानीयवासीसमेत सक्रिय बनेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको वडा नं ३ च्यास्मिटारमा पोल गाड्ने र तार टाँग्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।
त्रिधार्मिकस्थल हलेसी बजार क्षेत्रमा यसअघि नै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी रहेको उक्त नगरपालिकालाई उज्यालो नगर बनाउन विद्युत् प्राधिकरणले समेत पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम तीव्रगतिमा अगाडि बढाइएको छ । उज्यालो स्थानीय तह बनाउने राज्यको नीतिअनुसार रावाबेँसी गाउँपालिकामा विस्तार शुरु गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत्को काम अन्तिम चरणमा पुगेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारसँगै काठेपोलमुक्त नगर बनाउने अभियान शुरु गरेको छ । पन्ध्र वडा रहेको उक्त नगरपालिकामा अहिले फलामे पोल विस्तारको काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार