पाँच अर्बको आईपीओ आउँदै, कुन कम्पनीको कति कित्ता ?
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १३:५४:५०
५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै १२ कम्पनीले आवेदन दिएका छन् । उक्त १२ कम्पनीले ४ अर्ब ९२ करोड ७० लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको ४ करोड कित्ता आइपीओ निष्कासन अनुमति मागेका हुन् ।
यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ४ करोड ९२ लाख ७० हजार ४४५ कित्ता सेयर सर्वसाधारणलाई जारी हुनेछ । धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् ।
अनुमतिको पाइपलाइनमा रहेका मध्ये ९ वटा जलविद्युत रहेका छन् । त्यस्तै, एउटा जीवन बिमा कम्पनी, अर्को डिस मिडिया नेटवर्क र क्याविटल कम्पनी रहेको छ । यतिबेला दोस्रो बजार वृद्धि भइरहेकाले प्राथमिक बजारमा पनि निकै आकर्षण छ ।
प्राथमिक बजारबाट दोस्रो बजार प्रवेश गर्ने लगानीकर्ताहरुको संख्या पनि वृद्धि भइरहेको छ । धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत आइपीओ निकाष्सन गर्ने पस्ताव पारित गरिसकेका छन् ।
प्राथमिक बजारमा आइपीओ जारी भएपछि शेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ । यसर्थ, आइपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ ।
पछिल्लो समय सर्वसाधारणमा आइपीओ आकर्षण अत्याधिक देखिएको छ । फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताको आगमन पनि बढ्दो क्रममा छ ।
आईपीओ निष्कासनको अनुमति मागेका ३ कम्पनीको आवेदन अनुमति रद्द
नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्न अनुमति माग्ने ३ कम्पनीको भने आवेदन रद्द गरिएको छ । विगत ६ महिनादेखि आवेदन अनुमति स्वीकृतका लागि थप कागजपत्रहरु माग गर्दा उपलब्ध नगराउने ३ कम्पनीको आइपीओ अनुमति रद्द गरिएको बोर्डको भनाई छ । आइपीओ निष्कासन अनुमति रद्द हुनेमा तेह्रथुम पावर कम्पनी, शुभम् पावर र इमर्जिङ नेपाल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार