प्रदेशकै गौरव आयोजना तनहुँ सभाहल कोरोनाको कारण प्रभावित
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १६:०:१३
६ फागुन,तनहुँ । गण्डकी प्रदेशकै गौरव तथा ठूलो आयोजनाको रूपमा निर्माणाधीन ‘तनहुँ सभाहल’को निर्माण कार्य हालसम्म ७५ प्रतिशत सम्पन्न भएको छ । विसं २०७४ पुस १३ मा सम्झौता गरी विसं २०७७ असार १३ मा निर्माण सम्पन्न गर्ने सम्झौता गरी श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौँले निर्माणको जिम्मा पाएको हो ।
कोभिड–१९ का कारण सम्झौता भएको अवधिमा सम्पन्न गर्न नसकिएपछि छ महिनाको म्याद थप गरी पुस महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको थियो । उक्त अवधिमा पनि सम्पन्न गर्न नसकिने देखिएकाले पुनः छ महिना समय थप्नका लागि प्रक्रिया अघि बढाइएको निर्माण कम्पनीका इञ्जिनीयर विक्रम केसीले बताएका छन् । व्यास नगरपालिका–३ बिपीवन बाटिकामा निर्माण गरिएको उक्त भवनको निर्माणको कार्य सम्पन्न भए पनि फिनिसिङको कार्य बाँकी रहेको छ । उनका अनुसार अहिले मार्बल बिच्छ्याउने कार्य, प्लम्बिङ, एसी जडानलगायतका कार्य भइरहेका छन् ।
करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनको दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ । निर्माणाधीन सभाहलको क्षमता ७५० को रहेको बताइएको छ । चार ढलानको निर्माण हुने सो भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तल्लामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्षलगायतका सुविधायुक्त कक्ष रहने छन् ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा भवन निर्माण कार्य अघि बढाइएको निर्माण कम्पनीका साइट सुपरभाइजर गौतम घिमिरेले जानकारी दिनुभयो । भवन कूल रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा बन्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार