जोखिम न्यूनीकरणका लागि विपद् पोर्टल अनलाइन सञ्चालनमा
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १७:३:३९
६ फागुन,मोरङ । विराटनगर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्याउन राष्ट्रिय एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली (विपद् पोर्टल अनलाइन) बुधबारदेखि सञ्चालनमा ल्याएको छ । विपद्का घटना, दुुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण र समाधानका विषयमा पोर्टलमा अभिलेख राखिएका छन् ।
पोर्टलमा गएका छ महिनामा महानगरपालिका क्षेत्रमा भएका विपद्का घटनाका विवरण तथा न्यूनीकरणका लागि स्थानीयवासीका सल्लाह र सुुझाव समावेश गर्ने व्यवस्था मिलाइएको छ । पोर्टलमा आगलागी, बाढी, भूकम्प, दुुर्घटना, प्रदूषण तथा भूक्षयजस्ता गरी ४९ प्रकारका विपद्का घटना कहिले रु कुुन ठाउँमा भयो रु भन्ने विषयमा जानकारी प्राप्त गर्न सकिने छ ।
महानगर प्रमुुख भीम पराजुुुलीले पोर्टलको शुुभारम्भ कार्यक्रममा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि उपयोगी हुुने बताउँदै नगरमा यस कार्यका लागि प्रत्येक वडामा समिति गठन गरेर काम गरिरहेको बताएका छन् । उनले जोखिम न्यूनीकरणका लागि पोर्टललाई कसरी उपयोगी र प्रभावकारी बनाउने भन्ने विषय सबैको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।
गृहमन्त्रालयको संयोजनमा ११ वटा मन्त्रालय र विभागको सहकार्यमा सञ्चालनमा ल्याइएको सो प्रणाली महानगरले विधिवत्रुपमा शुुभारम्भ गरेको नगर विपद् व्यवस्थापन सम्पर्क अधिकृत राजेन्द्र प्रधानले बताए । पोर्टल विज्ञ प्रदीप खतिवडा तथा महानरपालिकाका सूचना शाखा अधिकृत अर्चना कर्णले पार्टलको प्रभावकारिता र यसले गर्ने कार्यका सम्बन्धमा जानकारी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार