पत्रकार महासंघमा उजुरी नै उजुरी ! युरोप शाखाका अध्यक्ष राई विधानविपरित तेस्रोपटक अध्यक्ष बन्ने तयारीमा
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार २२:२७:५१
६ फागुन, यूरोप । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिमा आधा भन्दा बढी उजुरीमाथि कुनै सुनवाई नहुँदा यूरोपका सक्रिय पत्रकारहरू चकित भएका छन् । यूरोप शाखाका अध्यक्ष केजीन राईले विवादै विवादका बीच एकपक्षीय रूपमा बामपन्थी प्रचण्ड-माधव पक्षधर साथ लिएर अधिवेशन गर्न लागिपरेका छन् ।
उनले पत्रकार महासंघको (विधान २०६० को पाँचौ संशोधन २०७५ को परिच्छेद (८) को अनुशासन र आचारसंहिता ३२) अनुशासन र कारबाहीको (२) उल्लङघन गर्दै आएका छन् । केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको संरक्षणमा शक्तिको चरम दुरूपयोग गर्दै पत्रकार महासंघ युरोप शाखाको अध्यक्ष रहँदारहँदै महासंघको विधानलाई धोती लगाउँदै राईले नेकपाको भ्रातृ संगठनको रुपमा रहेको नेपाल प्रेस संगठन युरोपको नेतृत्व समेत हत्याएकाे आरोप इतर पक्षले लगाउँदै आएको छ ।
यसबारे अध्यक्ष आचार्यले भने आफ्नो विशेष सम्बन्ध केजीन राईसँग नभएको बताएका छन् । विधान विपरितका काममा कसैलाई पनि आफ्नो साथ नरहने बताउँदै आचार्यले नेपालबहससँग भने, राई जीलाई मेरो विशेष संरक्षण भन्ने कुरा नै गलत हो । उनकै नेतृत्व रहेको समिति महासंघमा सदस्य रहेको जानकारी दिदै उनले पछिल्लो विवादका विषयमा अधिवेशनका लागि तोकिएको केन्द्रीय प्रतिनिधिले हेर्ने र त्यहाँ विवाद समाधान नभए पूर्वअध्यक्षहरुको तीन सदस्यीय समितिलाई पूर्ण अधिकार दिएको बताए ।
अध्यक्ष राईले संस्थामा आर्थिक अनियमितता गरेको तथा सदस्यता वितरणमा मनपरी गरेको भन्दै उनलाई निलम्बन गरिएको थियो । महासंघ यूरोप समितिमा भर्खरै शाखा स्थानान्तरण गरेर आएका एक मगर थरका व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा भने, आर्थिक हिनामिना गरेको कारण त्यो हिसाबमिलान गर्नका लागि गाह्रो भएको बुझिन आएकोले पुन तेश्रो पटक अध्यक्ष भएर आफुलाई चोख्याउने रणनीतिमा अध्यक्ष राई लागिपरेका छन् ।
अध्यक्ष राई पदका लागि शक्तिकेन्द्रदेखि जनजाति महासंघ र सबै नेताहरू तथा पार्टी अनुकुल आफुलाई चित्रण गरेर अध्याँरो कोठाभित्र षडयन्त्र गरेर अन्यौलमा राख्ने र तिक्डमबाज गर्ने धुर्त खेलाडीको रूपमा यूरोपमा स्थापित भएको आरोप लागेको छ ।
तर महासंघको विधानमा त्यस्तो कुनै प्रावधान छैन् । नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) परिच्छेद ५, दफा १६.७ मा लेखिएको छः “महासंघका जुनसुकै तहका पदाधिकारीहरु लगातार दुईपटक भन्दा बढी सोही पदमा रहने गरी उम्मेदवार हुन पाउने छैनन्।” यता समितिभित्र फरकमत राखेकै भरमा अध्यक्ष राईले मनोमानी ढंगबाट जिम्मेवारीदेखि हटाइएका व्यक्तिले एकपक्षीय रुपमा आह्वान गरेको अधिवेशन हामीहरूलाई मान्य नहुने भन्दै सहमतिका आधारमा सबैलाई मान्य हुने गरी अधिवेशनको मिति तय गर्न पनि जोडदार माग गरिएको छ ।
केन्द्रमा गरेको उजुरीमा भनिएको छ, संस्थाको नाममा राईले गरेको अनियमितता, पत्रकारलाई यूरोप ल्याउँदा संस्थाको लेटरप्याडको दुरूपयोग गरेको, महासचिवकै नक्कली हस्ताक्षर गरेको, सम्बन्धित सदस्यको सहमतिविना गरिएको सदस्यता स्थानान्तरण लगायतका मुद्दाको निष्पक्ष छानबिन गरी टुंगो लगाउन पनि बहुमत सदस्यहरूले जोडदार माग गरेका छन् ।
अध्यक्ष राईले विधान विपरित गतिविधि गरेका कारण समितिका बहुमत सदस्यले वरिष्ठ उपाध्यक्ष डिल्ली अम्माईलाई कार्यवाहक अध्यक्ष चयन गरेपश्चात महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पत्र लेख्दै शाखामा देखिएका विवाद समाधान नभएसम्म राईको नेतृत्वमा हुने कुनै पनि गतिविधि अमान्य हुने उनीहरुले बताएका छन् ।
सदस्यताको टुंगो लगाई प्रक्रिया पूरा गरेर मात्रै अधिवेशन आह्वान हुनुपर्ने भन्दै उनीहरुले अधिवेशन गर्नुभन्दा पहिले राईले संस्थाका नाममा गरेको अनियमितताको छानबिन हुनुपर्ने मुद्दामा सुनवाई गर्न जोडदार माग गरेका हुन् । केन्द्रीय अध्यक्षलाई सम्बोधन गरी केन्द्रीय कार्यालयलाई पठाइएको पत्रमा यसअघि नै बहुमत सदस्यहरुले निर्णय गरी केन्द्रमा पठाएको पत्रका बारेमा आचार्य आर्थिक प्रलोभनमा परेर बेखबर जस्तै बनेकोमा यूरोपका पत्रकार चकित भएको बताइएको छ ।
अध्यक्ष राईले विभिन्न समयमा केन्द्रिय अध्यक्ष आचार्य, पूर्वउपाध्यक्ष खीलाबहादुर भण्डारी, महासचिव रमेश विष्ट, राजेश पायल राई लगायत दुई दर्जन बढी मान्छेलाई युरोप भ्रमण गराएकाे भन्दै त्यसैका नाममा आर्थिक अनियमितादेखि संस्थाको लेटरप्याडको चरम दुरूपयोग गरेको उजुरी सुनवाई गरेमा आफुहरू पनि फस्ने डरले तैं चुप मैं चुपमा बसेको हुन सक्ने उनी निकट श्रोत बताउँछ । आफूहरु युरोप शाखाको निम्तोमा नभै आईएफजेको महाधिवेशनमा सहभागी हुन युरोप गएको बताउँदै अध्यक्ष आचार्यले सो क्रममा छोटो भेटघाट र छलफल हुनु स्वभाविक भएको प्रतिक्रिया दिए ।
अध्यक्ष राईले सामाजिक संञ्जाल आफ्नो फेसबुकमा भनेका छन्, “मेरा विरूद्ध लगाइएका आरोपहरुको खण्डन गर्नका लागि नै, ज्यान गए जाओस् तेश्रो पटक अध्यक्ष बन्न लागेको छु ।” राईले आफु निकट साथीहरूलाई बैदेशिक नियमावली र बेल्जियममा दर्ता गरेको नियम अनुसार हिड्ने हो, केन्द्रको विधान लागु हुँदैन, पछि विवाद भए श्रीमती र आफ्नो नाममा रहेको संस्था कसैले केही गर्न सक्दैन भनेर आफ्नो पक्षमा लविङ्ग गर्दै नेतृत्व गर्ने सोचमा अघि बढिरहेको समितिका एक भट्टराई थरका व्यक्तिले आफु निकटलाई बताउने गरेको श्रोतको दावी रहेको छ ।
यूरोपमा महिलाहरूको संगठन बन्यो भने पनि त्यहाँ सल्लहाकार वा अध्यक्षमा प्रस्ताव आएमा पनि राईले पदलोलुप्त व्यवहार देखाउने गरेको भन्दै युरोपका पत्रकारहरु व्यङग गर्ने गर्छन ।
जनजातिहरूले मात्र नेतृत्व गर्न पाउनुपर्छ, जनजाति भएर पनि सहयोग गर्दैनन् भन्दै भ्रम छर्ने र कम्निष्टको नाममा हामीलाई भ्रम छर्ने अध्यक्ष राईको प्रवृति देखेर ती भट्टराई पनि नाई भन्न नसकेर चुपचाप बस्नुको अर्को विकल्प नभएको भनेर गुनासो गरेको श्रोत बताउँछ । अध्यक्ष केजीन राईले यही फेब्रुअरी २० का लागि तय गरेको शाखा अधिवेशन अवैध रहेको भन्दै त्यसलाई रोक्न अर्को पक्ष लागि परेको छ ।
केन्द्रमा पनि मतभेद
यूरोप शाखाको विवादलाई लिएर महासंघको केन्द्रीय समितिमा पनि विवाद देखिएको छ । अध्यक्ष गोविन्द आचार्यले महासंघले राईले नेतृत्व गरेको शाखालाई मात्रै चिन्ने बताएपछि यूरोप शाखाको विषयलाई लिएर केन्द्रीय पदाधिकारीहरु नै विभाजित भएका छन् । ‘तर महासंघको विधान मिचेर तेश्रो पटक एकै व्यक्ति अध्यक्ष बन्ने कुरासँग केन्द्रिय अध्यक्ष आचार्य पनि सहमत हुनुहुन्न,’ उनी निकट एक उच्च श्रोत बताउँछ ।
नेपाल पत्रकार महासंघ युरोप शाखामा लामो समयदेखि चल्दै आएको विवादका कारण महासंघको गरिमामाथि नै धक्का पुगेको महासंघका पूर्व अध्यक्षहरुले समेत गुनासो गर्ने गरेका छन् ।
उनीहरुले दुवै पक्षसँग वार्ता गरी उनीहरुलाई जसरी भएपनि सहमतिमा ल्याएर मात्रै विधानसम्मत ढंगले अधिवेशन गराउन अध्यक्ष राईलाई दवाब बढेको राई नजिक एक भट्टराईले साथीहरूलाई बताउने गरेको श्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार