हरियो मैनबत्तिसँगै बन्द भएको बजारलाई आइतबार निफ्राको कारोबारले असर गर्छ ?
नेपालबहस संवाददाता
फागुन ६, २०७७ शुक्रबार २:१५:१७
६ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २५ दशमलव २३ अंकले बढ्दै २६३६ दशमलव ६८ बिन्दुमा पुगेर बन्द भएको छ । कुल २०६ कम्पनीको कारोबार भएको आज आठ अर्ब ७६ करोडको कारोबार भएको छ । १ करोड ९६ लाख कित्ता शेयर किनबेच हुँदा बजार पुँजीकरण ३६ खर्ब ३३ अर्ब भएको छ ।
आज ८ वटा कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा धेरै बढेको छ । नेशनल हाइड्रो डेभलपर, एभरेष्ट बैंकको अग्राधिकार शेयर, कर्णाली डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स, सिभिल बैंक, नेपाल इन्फ्राइस्ट्रक्चर बैंक, समृद्धी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, चन्द्रागिरी हिल्स, हिमालयन पावर लगायतको मुल्य पनि १० प्रतिशतले बढेको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य आज पनि १० प्रतिशतले बढेर लगातार पाँचौं दिन सर्किट लागेको छ। त्यस्तै, जम्मा ८ करोड रुपैयाँ मात्रै नाफा गरेको सिभिल बैंकको सेयर मूल्य पनि आज १० प्रतिशतले बढ्दै सर्किट लाग्दै बन्द भएको छ । सिभिलको ११ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदै आज कारोबार भएको कम्पनीको एक नम्बरमा पर्न सफल भएको छ ।
आज मूल्य बढेर सर्किट लाग्ने अधिकांश कम्पनीको सेयर मूल्य भने ३०० रुपैयाँभन्दा थोरै नै रहेको छ । आज सर्वाधिक मुल्य बढेका १० कम्पनीहरुः जसलाई तल प्रस्तुत गरिएको छ ।
त्यस्तै आज सर्वाधिक मुल्य घटेका १० कम्पनीहरु : जसलाई तल प्रस्तुग गरिएको छ ।
सबैभन्दा धेरै शेयर कारोबार भएका कम्प्नीहरु :
आज वाणिज्य बैंकको शेयर उच्च कारोबार भएको छ । एनआइसी एशिया बैंकको सबैभन्दा धरै ५६ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको ५० करोड ८२ लाख, सिभिल बैंकको २८ करोड ३८ लाख, ग्लोबल आइएमई बैंकको २६ करोड ९६ लाख रुपैयाँ, नबिल बैंक २६ करोड दुई लाख, रुपैयाँको शेयर कारोबार भएको छ त्यस्तै नेपाल टेलिकम, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल लाईफ इन्स्योरेन्स र मेगा बैंकको शेयर टपटेन भित्र कारोबार भएको छ । जसलाई तल प्रस्तुत गरिएको छ ।
के निफ्रा नै निर्णायक हो त ?
बैंकहरुमध्ये कान्छो तर दोस्रो बजारमा कारोबार भएको मुल्य नै प्रभाव पार्न सक्ने क्षमता निफ्राले बनाएको छ । दोस्रो बजारमा कारोबार खुलेदेखि नै खरिदकर्ताको चाप रहेको निफ्राको कारोबारले आइतबारको कारोबार प्रभावित पार्ने अनुमान लगाउन सकिन्छ । आइतबारको कारोबारमा यदी आजको स्थिति देखियो भने सुरुदेखि नै बजार बढ्ने अनुमान लागाउन सकिन्छ । आज बजार बन्द हुँदा हरियो मैनबत्तिको सिग्नल बनाएको छ । बैंकहरुको शेयर मुल्य बढ्नु सकारात्मक पक्ष रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार