बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १८:२१:४५
७ फागुन, कावासोती । नवलपरासी ‘बर्दघाट सुस्ता पूर्व’ नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई र दुई जनासहित उडान भरेका हुन् ।
पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ्गको उडान परीक्षण गर्न लागिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनिया थारुले बताए । कावासोती पर्यटकीय दृष्टिले सम्भावनाको क्षेत्र भएकाले यसको परीक्षण थालिएको उनले बताए । नगरपालिकाले पर्यटकीय पूर्वाधार विकासमा समेत लगानी गरिरहेको भन्दै प्याराग्लाइडिङ्गको परीक्षण पूर्णरूपमा सफल भएमा यहाँ पर्यटनको नयाँ सम्भावनाको ढोका खुल्ने उपप्रमुख मर्दनिया थारुले बताए ।
पहिलो दिन आज पाइलट हरि थापाले पहिलो उडान गर्नुभएको थियो । बालुवाडाँडाबाट गरिएको उडानको कावासोती–१ मा रहेको पोखरीतालमा सफल अवतरण गरिएको हो । बालुवाडाँडा क्षेत्रमा हावाको बाहव, उडान र अवतरण क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको प्राविधिक एवं पाइलट हरि पहारी बताए । प्याराग्लाइडिङको लागि बालुवाडाँडा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पहारीले बताए। बालुवाडाँडाको ९२७ मिटर उचाइबाट उडान भरिएको थियो ।
कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले अवतरणस्थल पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गरेका थिए । सो क्रममा नगर प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडि बढाउने युवालाई धन्यवाद व्यक्त गरे । कावासोती नगरपालिकाले समेत पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्दै आएको बताउँदै यसको थप व्यवस्थापनमा समेत लागि पर्ने बताए ।
कावासोतीका युवाले स्थानीय उमेश रानाको अध्यक्षतामा बालुवाडाँडा प्याराग्लाइडिङ युवा समूह गठन गरेर यहाँको सम्भावनाबारे अध्ययन र प्रक्रिया अगाडि बढाएका थिए । नागरिक उड्डयन प्राधिकरणबाट परीक्षण उडानको अनुमति प्राप्त भएपछि अवश्यक सहकार्यको लागि कावासोती नगरपालिकासँग अनुरोध गर्दा सकारात्मक सहयोग प्राप्त भएको समूहका सचिव विमल रानाले बताए ।
चालक दलले पाँच दिनसम्म परीक्षण उडान गर्ने छन् । नियमितरुपमा प्याराग्लाइडिङ्ग सञ्चालनको लागि कस्तो सम्भावना रहन्छ भन्ने अध्यन गरिने चालक प्राविधिक एवं चालक पहारीले बताए। आज बालुवाडाँडाकै फरक स्थानबाट परीक्षण उडान गरिने छ ।
यस्तै अवतरणका लागि समेत फरक फरक स्थानको पहिचान गरिने पहारीले बताए। पाँच दिनसम्म गरिने उडानपश्चात् यहाँ व्यावसायिकरुपमा प्याराग्लाइडिङ्गको सम्भावना के रहन्छ भन्ने यकिन हुने बताउनुभयो तर पहिलो दिनको उडानले यहाँ प्याराग्लाइडिङ्ग सफल हुने देखिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार