प्रजातन्त्र धरापमा, कांग्रेस आफ्नै धुनमा
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २१:२९:१०
सम्पादकीय
७ फागुन, काठमाडौं । आज फागुन ७ गते , प्रजातन्त्र दिवस । केही वर्षअघिसम्म बढो तामझामका साथ यो दिवस मनाइन्थ्यो । नेपाली कांग्रेसको अगुवाईमा एकतन्त्रीय जहाँनिया राणा शासनविरुद्ध सफलता पाएको दिन थियो । प्रजातन्त्र दिवस लामो समयसम्म हर्षाेल्लासका मनाइन्थ्यो । कांग्रेसले मात्र नभई पञ्चायती शासन व्यवस्थामा समेत भव्यताका साथ मनाइने यो दिवस दोस्रो जनआन्दोलन अर्थात, ०६३ सालपछि गुमनाम जस्तै भएको छ ।
माओवादी पक्ष मूलधारको राजनीतिमा आएपछि फागुन ७ गते ओझेलमा परेको हो । नेपाली कांग्रेसले यो दिवसलाई जुनरुपमा स्मरण गर्नुपर्ने हो, त्यसरी गर्न सकिरहेको छैन । नेताहरु व्यक्तिगत स्वार्थपूर्तिका दिशामा केन्द्रित छन् । देशमा प्रजातन्त्रमाथि यति ठूलो हमला भएको छ ।प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई ढाल बनाएर प्रतिनिधिसभा नै विघटन गरिदिएका छन् । प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै पार्टीले खेद व्यक्त गरेको भएपनि ठोस कार्यनीति भने बनाउन सकेको छैन् ।
यो विषयलाई कसरी लैजाने भन्ने सन्दर्भमै पार्टी भित्र दुईधार रहेको छ । पार्टी सभापति शेरबहादुर देउवा ओलीले चुनाव गराउँछन्, कांग्रेस सफल हुन्छ भन्ने सपनामा रहेका छन्, जबकी इतर पक्ष भने ओली सत्ता जोगाउन मात्रै यस्ता नाटक रचिरहेको भन्दै आन्दोलन चर्काउनुपर्ने पक्षमा देखिन्छ । यसरी कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी दोधारमा बस्दा लोकतन्त्र नै धरापमा परेको छ ।
तर कांग्रेस नेतृत्वलाई यतापट्टि कुनै चासो नै भएन । कसलाई उपयोग गरेर पार्टी र सरकार कब्जा गर्ने भन्ने ध्याउन्नमै नेतृत्व अल्झिएको छ । नेताहरु मञ्चबाटै एक अर्कालाई आक्षेप लगाउँछन्, तर प्रजातन्त्रमाथि भएको प्रहारबारे बहस चलाउन सक्दैनन् । अझ ओलीको निरंकुशताविरुद्ध आन्दोलन चर्काउने हिम्मत पनि गर्दैनन् । पार्टी केन्द्रीय कार्यसमिति बैठकमा यसबारे छलफल हुँदा नेतृत्व आन्दोलन गर्न तयार देखिएन ।
आजको दिन कांग्रेसले प्रजातन्त्रका बारेमा बहस र छलफल चलाउनुपर्ने हो । कम्तिमा पनि ओलीले गरेको असंवैधानिक कामको आलोचना गर्दै खबरदारी गर्नुपर्ने हो । तर कांग्रेस नेतृत्वलाई यतापट्टि कुनै चासो नै भएन । कसलाई उपयोग गरेर पार्टी र सरकार कब्जा गर्ने भन्ने ध्याउन्नमै नेतृत्व अल्झिएको छ । नेताहरु मञ्चबाटै एक अर्कालाई आक्षेप लगाउँछन्, तर प्रजातन्त्रमाथि भएको प्रहारबारे बहस चलाउन सक्दैनन् । अझ ओलीको निरंकुशताविरुद्ध आन्दोलन चर्काउने हिम्मत पनि गर्दैनन् । पार्टी केन्द्रीय कार्यसमिति बैठकमा यसबारे छलफल हुँदा नेतृत्व आन्दोलन गर्न तयार देखिएन । हिजै मात्र यस्तो दृश्य कार्यसमिति बैठकमा देखियो ।
त्यसका लागि महाधिवेश भन्दा अगाडि आम निर्वाचन भइदेओस् भन्ने देउवाको इच्छा रहेको छ । अहिलेको अवस्थामा निवाचन भयो भने विभाजित नेकपा धूलोपिठो हुने उनको ठम्याई छ । साथै, चुनावमा आफू पक्षका लागि टिकट दिलाएर जिताउन सक्दा सत्ता कब्जा हुने र त्यसैका बलमा महाधिवेशमासमेत सफलता प्राप्त हुने उनको बुझाई छ ।
असन्तुष्ट पक्षले ओलीविरुद्ध आन्दोलनका कार्यक्रम ल्याउन आवाज उठायो । ओली कदम असंवैधानिक भनिसकेपछि विरुद्ध आन्दोलन चर्काउन के को लाज ? धरैले यस्तो प्रश्न उठाएपनि सभापति देउवाले भने मानेनन् । जसले गर्दा आजकै दिनपनि ओलीविरुद्ध कुनै कार्यक्रम गर्न पाएन कांग्रेसले । समयमा महाधिवेशन नगर्ने अनि पदावधि भने बढाउने प्रवृत्तिमा नेतृत्व अल्मलिएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार, आज फागुन ७ देखि १० गतेसम्म राजधानीमा पार्टीको चौधौं महाधिवेशन हुनुपर्ने हो । विभिन्न कारण देखाएर महाधिवेन गरिएन, त्यसैले हिजोकै बैठकले कार्यसमितिको म्याद थपेर २०७८ भदौ ७ – १० गतेसम्म महाधिवेशनको नयाँ मिति निर्धारण गरेको छ ।
सभापति देउवाको चाहना जसरी भएपनि पार्टी र सरकार कब्जा गर्ने नै रहेको बुझ्न कठिन छैन । अर्काे कार्यकालका लागि फेरि सभापति बन्ने उनमा उत्कट अभिलाषा छ । त्यसका लागि महाधिवेशन भन्दा अगाडि आम निर्वाचन भइदेओस् भन्ने देउवाको इच्छा रहेको छ । अहिलेको अवस्थामा निवाचन भयो भने विभाजित नेकपा धूलोपिठो हुने उनको ठम्याई छ । साथै, चुनावमा आफू पक्षका लागि टिकट दिलाएर जिताउन सक्दा सत्ता कब्जा हुने र त्यसैका बलमा महाधिवेशमासमेत सफलता प्राप्त हुने उनको बुझाई छ ।
देउवाको अनुमान एक हिसाबले सही नै हो । अहिले विभाजित नेकपा चुनावमा जाँदा त्यसको फाइदा कांग्रेसलाई नै हुने हो । तर सवाल त्यो होइन, सवाल चुनाव हुन्छ हुँदैन भन्ने चाहिं हो । ओली जस्तो कुटिल चाला चल्ने मानिसले आफू हार्ने चुनाव गराउलान् त ? पक्कै पनि गराउनेवाला छैनन् । त्यसको छनक उनले निर्वाचन आयोगमार्फत दिइसके । दुईतिहाई मत रहेको प्रचण्ड–माधव समूहलाई आयोगले अझै कानूनी मान्यता दिएको छैन ।
यसको अर्थ आयोग नै चाहँदैन ओली चिढिउन् । ओलीलाई खुशी पार्दा अर्काे समूह सडकमा रहने अवस्था आउनेछ । प्रचण्ड–माधव समूह सडकमा छाडेर चुनाव हुने कल्पना गर्नु आर्फैमा मूर्खता हो । यति कुरा कांग्रेस सभापति देउवाले चाहिं नबुझेका पक्कै छैन होला । त्यसैले कांग्रेस फेरि पनि लोकतन्त्रका लागि बलिदानीपूर्ण आन्दोलन गर्न नपरोस् भन्ने चाहन्छ भने ओलीविरुद्धको अभियान तीब्र बनाउनैपर्छ । अन्यथा नेपाली जनताले फेरि अर्काे जनआन्दोलन गर्नुपर्ने हुनसक्छ, प्रजातन्त्र प्राप्तिका लागि ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार