अझै स्थापना भएन मिक्वाखोला गाउँपालिकामा बैंक, पाँच सय झिक्न पाँच सय नै खर्च
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार १८:४१:१९
९ फागुन, काठमाडौं । सेञ्चुरी बैंकले मिक्वाखोला गाउँपालिकामा शाखा कार्यालय स्थापना नगर्दा नगरिकले एउटा योजना सम्पन गर्न पाँच पटकसम्म सदरमुका पुग्नुपर्ने सास्ती खेप्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले २०७४ सालको असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा शाखा कार्यालय स्थापना गर्ने परिपत्र गरेको थियो । यसै अनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापन गरेर आर्थिक कारोवार गर्दै आएको छ ।
सेन्चुरी बैंकलाई मिक्वाखोलामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न चार वर्ष अगाडि नै परिपत्र गरेको थियो । अहिलेसम्म बैंकले शाखा स्थापना गरेको छैन । गाउँपालिकामा आर्थिक कारोवार नहुँदा ताप्लेजुङ सदरमुकाम जानु परेको मिक्मवाखोलाका लेखा अधिकत प्रशान्त भट्टराइले जानकारी दिए ।
उनले भने, “गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाई भएको छ । तलब निकासा गर्न सदरमुकाम चेक बोकेर पुग्नुपर्दछ ।” सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाईसमेत समस्या परेको छ । केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोवारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकले सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंक मार्फत गर्नुपर्ने निर्देशन दिएको छ । गाउँपालिकामा बैंकले नहुँदा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लगायतका आर्थिक कारोवारमा समस्या हुर्दै आएको उनले जानकारी दिए ।
उनले भने, “हामीले धेरै पटक सञ्चुरी बैंकलाई गाउँपालिकामा शाखा विस्तार गर्न अनुरोध गरौं । विभिन्न बाहाना गर्दै आएको छ ।” बैंक शाखा स्थापन नगरेपछि एउटा योजनाको लागि सम्झौता गर्न गाउँदेखि पालिकाको कार्यालयसम्म आउनुपर्ने हुन्छ ।
गाउँपालिकाको कार्यालयमा योजना सम्झौता गरेर खाता खोल्न सदरमुकाम जानुपर्ने हुन्छ । सदमुकाममा खाता खोलेर योजनाको पेस्की रकमको चेक लिन फेरि फर्किइ गाउँपालिकाको कार्यालयमा पग्नुपर्दछ ।
योजना सम्पन हुँदा कम्तीमा पाँच पटक सदरमुकाम पुग्नुपर्दछ । मिक्वाखोलादेखि सदरमुकाम पुग्न ५०० गाडी भाडा लाग्छ । पाँच पटक सदरमुकाम आउनु र गाउँपालिका र्फकन गरी पाँच हजार गाडी भाडा मात्र तिर्नुपर्दछ ।
गाउँपालिकामा बैंक भए एक दिन पनि नलाग्ने समय बैंक नहुँदा एउटा योजना सम्पन्न हुँदा दश दिन समय खर्च गर्नुपरेको छ ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रकम निकासा गर्न जिल्लातिर आउने गरेका छन् । बैंक नभएकाले आर्थिक कारोवार गर्न निकै कठिनाई भएको गाउँपालिकापालिका–२ का वडाध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
उनले भने, “हाम्रो कार्यपालिकाको पर्सी बैंठक छ । बैंठकले एक किसिमको आन्दोलन गर्ने प्रस्तावमा छौं ।” समयमै शाखा स्थापना नगरेकाले स्थानीय समुदायलाई स्थानीय सरकारको अनुभूति पाउन नसकेको वडाध्यक्ष थापाले बताए ।
बैंकका लागि आश्यक उपकरण गाउँपालिका केन्द्रमा पुर्याइसकेको र इन्टरनेट जोड्न मात्र बाँकी रहेको सेन्चुरी बैंकका काठमाडौँका सामान्य सेवा विभाग प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए ।
उनले भने, “नेपाल राष्ट्र बैंकले परिपत्र गरेको निकै अगाडि नै हो । विभिन्न कारणले समयमै आफ्नो शाखा स्थापन गर्न नसक्नु हाम्रो कमजोरी रह्यो ।” बैंक स्थापना गर्नको लागि गाउँपालिकामा घर भाडामा लिएर सुरुक्षाकर्मीसमेत राखिसकेको र छिट्टै कारोवार शुरु हुने उनले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार