ललितपुर प्रहरीको ठुलो सफलता, ३० लाखसहित जुवाडे पक्राउ
नेपालबहस संवाददाता
फागुन ९, २०७७ सोमबार ०:५६:२९
९ फागुन, ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुर प्रहरीले ३० लाख रुपैयाँसहित १७ जना जुवाडेलाई सुनाकोठीबाट पक्राउ गरेको छ । गत शुक्रबार साँझ प्रहरीले ललितपुर–२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षकसहितको टोलीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित जुवाडेहरूलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् ।
बज्राचार्यका अनुसार महर्जनको घरको दोस्रो तलामा जुवा खेलिरहेका व्यक्ति पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग हुने क्यारेमको गोटी ५ थान र सिमीको दाना १५० थान बरामद गरेको छ।
पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन र चिरिकाजी महर्जन रहेका छन् ।
उनीहरू सबै ललितपुरका हुन् । उनीहरूलाई हिरासतमा लिएर जुवा ऐन अन्तर्गत कारबाही थालिएको एसएसपी बज्राचार्यले बताइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल वेलायत प्रस्थान
जेठ ९, २०८१ बुधबार
कर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग
जेठ ९, २०८१ बुधबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार