इन्भेष्टमेन्ट बैंकले निष्कासन गरेको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार १३:४८:२
१० फागुन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एक हजार अंकित मूल्यको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले उक्त ऋणपत्र फागुन ९ गते आइतबार बाँडफाँड गरेको हो ।
बैंकले साढे ८ प्रतिशत व्याजदर भएको ऋणपत्र गत माघ १६ गतेदेखि फागुन २ निष्कासन गरेको थियो । ऋणपत्र २०८४ सालमा परिपक्व हुने बैंकले जनाएको छ । बैंकले कुल ४ अर्ब बराबरको ऋणपत्र निष्कासन गरेको हो ।
२ अर्ब ४० करोड बराबरको ऋणपत्र ब्यक्तिगत तवरबाट बिक्री गरेको थियो भने ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषको लागि व्यवस्था गरेको थियो । बाँकी १६ लाख कित्ता सर्वसाधारण र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गरेको थियो ।
साथै व्यक्तिगत तवरतर्फका आवेदकहरुको आंशिक बाँडफाँडमा परेको ऋणपत्र बाहेकको बाँकी रकम फिर्ता भुक्तानी अरविवि मर्चेन्टबाट फागुन १० गते (आज)देखि सम्बन्धित आवेदकहरुको बैंक खातामा रकामान्तर गरिने व्यवस्था मिलाइएको छ । त्यसको लागि आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न सम्पूर्ण लगानीकर्तालाई अनुरोध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार