लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा राहत वितरणको खर्च सार्वजनिक
नेपालबहस संवाददाता
फागुन ११, २०७७ मंगलबार १७:५९:५३
११ फागुन,रसुवा । अन्न बालीको क्षतिपूर्तिवापत लाङटाङ राष्ट्रिय निकुञ्जले प्रदान गरेको राहत रकम सार्वजनिक भएको छ । किसानको खेतबारीमा पसी वन्यजन्तुले अन्न बाली नोक्सान पुर्याएवापत चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १३९ जनालाई राहतवापत रकम वितरण गरिएको हो ।
क्षतिको मूल्याङ्कनका आधारमा बढीमा रु १० हजारसम्म राहत दिने कानूनी मापदण्डानुसार रु १० लाख ४६ हजार ८३५ वितरण भएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने स्थानीय बासिन्दाले आफ्नो खेतीमा लगाएको अन्न बाली बर्सेनि जङ्गली भालु तथा बँदेलले क्षति पुर्याइरहेको अवस्थामा सरकारले प्रदान गरेको सानो सहयोगले पनि ग्रामीणवासीलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।
यसैगरी चालु आवको यस अवधिमा भालु तथा चितुवाको आक्रमणबाट घाइते भएका चारमध्ये तीन जनालाई उपचार खर्च प्रदान गरिएको छ । भालुले तीन र चितुवाले एक जनालाई घाइते बनाएको निकुञ्जका वन प्राविधिक रेञ्जर विवेक श्रेष्ठले बताएका छन् ।
उनका अनुसार वन्यजन्तुको आक्रमणमा पर्ने निकुञ्जवासीबाहेक अन्य क्षेत्रका व्यक्तिलाई उपचार खर्च दिने प्रावधान नभएका कारण तीन स्थानीयवासीलाई खर्च प्रदान गरिएको हो । वन्यजन्तुको आक्रमणबाट घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने खर्च प्रदान गर्ने प्रावधान रहेको छ । भालुको आक्रमणमा पर्ने एक जना भने निकुञ्ज क्षेत्र बाहिरबाट घुम्न आएका व्यक्ति भएकाले उपचार खर्च उपलब्ध गराउन नसकिएको निकुञ्जले जनाएको छ ।
यस्तै चालु आवको साउनदेखि माघ मसान्तसम्म एक हजार १२१ नेपाली र ७३ विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणका लागि निकुञ्ज प्रवेश गरेवापत पर्यटक शुल्क रु आठ लाख ७९ हजार राजश्व सङ्कलन भएको निकुञ्ज प्रशासनले जनाएको छ । खर्चतर्फ भने गत साउनदेखि माघ महिनाभर सात महिनाको अवधिमा तलबभत्तालगायत विविध शीर्षकमा रु चार करोड ४४ लाख ९६२ खर्च भएको बताइएको छ ।
समय–समयमा वर्षा नहुँदा बढ्दै गएको सुक्खायामका कारण हालसम्म निकुञ्जका चार स्थानका जङ्गल डढेलोको चपेटामा परेको निकुञ्जका नायबसुब्बा रमेश गौडले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
बैशाख १९, २०८१ बुधबार
चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार