म्याद सकिएको सामग्री बिक्री आरोपमा व्यापारीलाई जरिवाना
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार १७:३:२
१३ फागुन,मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ ।
उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७०० बोरा बरामद भएको छ ।
व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै सन् २०१३ मा उत्पादन भएको उक्त रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री वितरण गर्ने गरेको अनुगमनका क्रममा फेला पारेको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिएका छन् । भारतबाट आयात गरिएको उक्त दाल कन्सर्नको गोदाममा ४० टन बरामद गरिएको छ ।
उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि कार्यालयले जरिवाना गरेको हो । बोहोराले उक्त दाल विराटनगरसहित मुलुकभरि थोकमा बिक्री वितरण गर्दै आएका छन् । बजारमा समेत म्याद सकिएको ठूलो परिमाणमा दाल पठाएको हुनसक्ने आशङ्कामा अनुगमनलाई तीव्रता दिने कार्यालयले जनाएको छ । व्यापारी बोहोराले म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल(स्टिकर) राखेर दाल बजार पठाउने कार्य गर्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार