विद्यालयको आफ्नै छात्रावास भवन बन्ने
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १८:४:३५
१४ फागुन, डोटी । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्मपब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको चारकोठे छात्रावास भवन बन्ने भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको रु ४० लाख बजेटमा छात्रावास भवन बन्न लागेको हो ।
सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले भवन शिलान्यास गर्दै सुदूरपश्चिम क्षेत्रको सामाजिक, धार्मिकलगायत विकासका लागि प्रदेश सरकार अग्रसर रहेको बताए । छात्रावास नहुँदा विद्यार्थीलाई समस्या भएपछि सुदूरपश्चिम सरकारले छात्रावासका लागि बजेट विनियोजन गरेको विद्यालयका प्राचार्य गीता जोशीले बताइन् । सो भवनमा दुईदुई कोठाका दुई पक्की शौचालयसमेत निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज जोशीले जानकारी दिए । बिहीबार शिलान्यास गरिएको भवन निर्माण आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
विसं २०४० स्थापित महिला छात्रावासमा २० छात्रा राख्ने गरिएको छ जहाँ सेती अञ्चलका पहाडी जिल्ला डोटी, बझाङ, बाजुरा र अछामका पाँचपाँच छात्रा निःशुल्क रुपमा बस्दै आएका छन् । छात्रावासमा विगत वर्षमा कक्षा ६ देखि १० सम्मका छात्रालाई राखिन्थ्यो । पछिल्लो समय कक्षा ९ र १० का छात्रालाई पनि राख्ने गरिएकामा हाल कक्षा ९ देखि १२ का माध्यमिक तहका छात्रालाई राख्ने गरिएको जिल्लाको पुरानो विद्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार