कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार २३:१८:१९
१४ फागुन, काठमाडौं । मष्तिस्कघात भएका नेपाली कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थामा उनको काठमाडौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ । अस्पतालले आज दिउँसो ३ बजे एक पत्रकार सम्मेलन गरी नेता जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएको हो ।
न्यूरो सर्जन डा. राजीव झाले परिवारलाई उद्धृत गर्दै जनाएअनुसार हिजो राति साढे १२ बजे देब्रे हात बाउडिएसँगै कमजोर महसुस गरेका जोशीलाई परिवारजनले राति नै वीर अस्पताल लगेका थिए । अस्पताल आउँदासम्म बोलिरहेका नेता जोशी वीर अस्पताल पुग्दासम्म बहोस भइसकेका थिए । बेहोस भएपछि वीरमै सीटी स्क्यान गरिएको थियो र सो क्रममा टाउकोमा नराम्रोसँग रगत जमेको देखिएको थियो । अवस्था निकै गम्भीर देखिएपछि वीरकै डाक्टरहरुको सल्लाहमा नर्भिक अस्पतालमा ल्याइएको डा. झाले बताए ।
बिहान साढे ३ बजे आफूले सो विषयमा खबर पाएको र आफू आइपुग्दा नेता जोशीको अवस्था निकै गम्भीर रहेको र उहाँ कोमामा पुगेको न्यूरो सर्जन डा. झाले बताए । सो क्रममा नेता जोशीलाई पटक–पटक बान्ता भएको र बान्ता फोक्सोमा पुगेको देखिएको थियो । फोक्सोमा बान्ता पुग्दा श्वास फेर्न गाह्रो भएको र इमेरजेन्सी इन्कुभेसन (पाइप राखेर श्वास फेराउने काम) गरिएको डा. झाले जानकारी दिए ।
नर्भिकमा ल्याइसकेपछि जोशीको आँखाको नानी एकातिर फुलेको देखिएको समेत डा. झाले बताए । उनका अनुसार यो राम्रो संकेत होइन । ‘एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको भनेर बुझ्दा हुन्छ ।’ डा. झाले भने–‘नर्भिकमा ल्याएर हामीले पुनः सीटी स्क्यान गर्दा टाउकोको बीच भागमा पानी जम्दै गरेको समेत देखियो । उहाँमा सुगर, प्रेसरको समस्या पनि रहेछ । उहाँले रगत पातलो हुने औषधि पनि खाइरहनुभएको रहेछ । यस्तो व्यक्तिलाई सर्जरी गरिए रक्तश्राव नियन्त्रण हुँदैन । त्यसकारण विशेष रगतहरु व्यवस्था गरेर हामीले सानो ड्रिल गरी ड्रेन राखिदिएका छौं, त्यसबाट १३० एमएल पानी निकालिसकेका छौं ।’
नेता जोशी हाल भेन्टिलेटरमा रहेका छन् । उनको अवस्थालाई चिकित्सकहरुले एकदमै गम्भीर र जटिल भनेका छन् । ‘विश्वमा हेर्ने हो भने यस्तो स्टेजमा पुगेका १०० बिरामीमा ७० प्रतिशतसम्मको डेथ नै हुन्छ । बाँचेका ३० प्रतिशतमा पनि ठूलो किसिमको प्यारालाइसिसहरु देखिने संभावना हुन्छ ।’ डा. झाले भने–‘हामीले उहाँको प्रत्येक घण्टाको अवस्था हेरेर उपचारको रणनीति बनाइरहेका छौं ।’
डा. झाले जोशीको अवस्था स्थिर भन्न मिल्ने खालको नरहेको उल्लेख गर्दै भने–‘हामीलाई थोरै भए पनि उहाँ बाँच्नुहुन्छ भन्ने आशा छ । त्यही आशा राखेर हामीले सक्दो प्रयास गरिरहेका छौं ।’ डा. झाका अनुसार जोशीलाई जस्तो मष्तिस्कघातको समस्या नेपालमा निकै सामान्य बन्दै गइरहेको र यस्तो समस्या उच्च रक्तचाप भएर पनि सही औषधि नखाँदा, औषधि नियमित खान नमान्दा आउने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार