न्यायाधीशकी कान्छी श्रीमति रंगेहात पक्राउ, प्रहरीले फसाउन खोजेको आरोप
नेपालबहस संवाददाता
फागुन १६, २०७७ सोमबार ०:४९:३४
१६ फागुन, दाङ । न्यायाधीश कै श्रीमति लागुऔषध तस्करीमा पक्राउ परिन भन्दा सबैलाई अचम्म लाग्ला तर समाचार साँचो हो । ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले आज दिउँसो लागुऔषध ओसारपसारमा संलग्न रहेको बेला न्यायाधीशकी कान्छी श्रीमतिलाई रंगेहात पक्राउ गरेको प्रहरीले दावी गरेकाे छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी तुलसा पोखरेल रहेको प्रहरी स्रोतले बताएको छ । उनले स्कुटरको डिक्कीमा लागुऔषध राखेर ओसारपसार गरिरहेको अबस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
तुलसीपुर बजारस्थित घर अगाडि पार्किङ गरेर राखिएको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा २.२२ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले दावी गरेकाे छ ।
ती महिला उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती हुन् । पक्राउ परेकी तुलसा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् ।
तुलसाले आफुलाई प्रहरीले नियतबस फसाएको प्रतिक्रिया दिएकी छिन् । उनले आफ्नो पाकिङ गरिराखेको स्कुटरमा फेला परेको ब्राउन सुगरबारे आफुलाई केही पनि थाहा नभएको बताएकी छन् । पोखरेललाई इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यद्दपि प्रहरीले पाकिङ गरिराखेको स्कुटीमा नियाजित रुपमा ब्राउन सुगर राखेर फसाउन खोजेको आरोप लागेको छ । कतै ती महिला वा उनका न्यायाधीश श्रीमानसँग प्रहरी अधिकृतको पुरानो दुश्मनी त थिएन भन्ने प्रश्न पनि उब्जिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार