विद्यालयलाई कम्युटरसहित स्वास्थ्य सामग्री वितरण
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार १७:२:०
१७ फागुन,त्रिशूली । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा रहेका दुई विद्यालयलाई कम्युटरसहितको स्वास्थ्य सरसफाइका सामग्री र अभिभावकलाई न्यानो कपडा वितरण गरिएको छ ।
चन्द्रदेवी आधारभूत विद्यालय र सानुकिम्ताङ माध्यमिक विद्यालयलाई उक्त विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा ‘एशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ मार्फत तीन–तीन थान कम्युटरसहित शिक्षक–विद्यार्थीको लागी कोरोना रोगको सक्रमणबाट बच्न स्वास्थ्य मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सरसफाइका सामग्री उपलब्ध गराइएको हो । ट्रष्टको तर्फबाट सानुकिम्ताङ माविलाई रु दुई लाखको कम्युटर, रु एक लाख बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ३०० भन्दा बढी अभिभावकलाई रु तीन लाख बराबरको न्यानो कपडा (ज्याकेट) उपलब्ध गराइएको हो ।
चन्द्रदेवी माविको लागि रु दुई लाखको कम्युटर, रु ५० हजार बराबरको स्वास्थ्य सहायता सामग्री र विद्यालयका ११० अभिभावकलाई रु एक लाखभन्दा बढीको न्यानो कपडा ९ज्याकेट० उपलब्ध गराइएको ट्रष्टका संरक्षक अजुर्ननरसिंह केसीले जानकारी दिए । दिवङ्गत आमाबुबाको नाममा स्थापना भएको ट्रष्टमार्फत नुवाकोट र रसुवालगायतका जिल्लामा शिक्षा र स्वास्थ्यमा सहयोग कार्यक्रम चलाउँदै आएकाले यसलाई विशुद्ध समाजसेवाको रुपमा सहयोग गरिएको उनको भनाइ छ ।
माथिल्लो किम्ताङमा रहेको सानुकिम्ताङ माध्यमिक विद्यालयको आइतबार आयोजित ५५औँ वार्षिकोत्सव र चन्द्रदेवी माविको गत मङ्गलबार आयोजित २४औँ वार्षिकोत्सवको अवसरमा ‘एशोदादेवि–भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ले सहयोग सामग्री उपलब्ध गराएको हो । उक्त सामग्री प्रदान गर्न ट्रष्टको तर्फबाट संरक्षक अजर्नुनरसिंह केसी, अध्यक्ष डा केदारनरसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसी, प्रजातान्त्रिक विचार समाजका नेता कुलचन्द्र वाग्ले, गोकर्ण अर्यालसहितको टोली विद्यालयमा पुगेका थिए ।
जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र एवं उच्च पहाडी भूभाग भएकाले उक्त बस्तीका अभिभावकलाई न्यानो कपडा वितरण गर्नाले विद्यार्थीलाई नियमित विद्यालय पठाउन उत्साह मिल्ने तथा विद्यालयलाई उपलब्ध गराइएको कम्युटरले प्रशासनिक कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ । आर्थिक अभावको कारण गम्भीर बिरामी भएका सानुकिम्ताङ माविमा अध्ययरत विद्यार्थीको तीनजना अभिभावकलाई ट्रष्टले आफ्नै खर्चमा उपचार गरिदिने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी
मंसिर १६, २०८१ आइतबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार