बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १६:१८:०
१८ फागुन, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण गर्दा ज्यान गएको हो ।
उनलाई बाघले झम्टेर जंगल लगेको थियो । पछि बाघले आधा शरीर खाएको अवस्थामा शव भेटिएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जको गेरुवा गाउँपालिका ६ नौरंगापुरमा भैसी चराउन गएका थारुलाई बाघले आक्रमण गरेको थियो । हात्तीको सहायताले खोजी गर्दा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएकाे छ ।
यसै वर्ष मात्रै बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा सात जनाको ज्यान गइसकेको छ । केही महिनाअघि मोटरसाइकल पछाडि बसेर कैलाली जाँदै गरेकी एक महिलालाई बाघले आक्रमण गरेर मारेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार