सेवा प्रदानमा सहजता ल्याउन स्वयंमसेविकालाई साइकल वितरण
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार १७:५०:५२
१८ फागुन,सप्तरी । स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि सप्तरीको कञ्चनरुपमा साइकल वितरण गरिएको छ ।
कञ्चनरुप नगरपालिका–८ द्वारा नौ महिला स्वयमसेविकालाई साइकल वितरण गरिएको हो । विभिन्न स्वास्थ्यसम्बन्धी कार्य गर्दा सूचना र सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको वडाध्यक्ष राजकुमार साहले बताए ।
महिला स्वास्थ्य स्वयमंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पु¥याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट साइकल वितरण गरिएको वडाध्यक्ष साहले जानकारी दिए । स्वास्थ्य क्षेत्रको विकास र सुधार नभएसम्म मानव जीवनमा विभिन्न खाले समस्या आउने हुँदा स्वास्थ्य क्षेत्रलाई सबै मिलेर प्रभावकारी बनाउनुपर्ने नगर प्रमुख वसन्त मिश्रले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार