लगत सङ्कलन गर्न भूमिआयोगको एकाइ कार्यालय स्थापना
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २०:४८:४७
१८ फागुन,तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको सो कार्यालयको आज म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना र आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गरेका छन् ।
भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने सरकारको लक्ष्यबमोजिम गठन भएको आयोगले प्रभावकारीरुपमा काम सम्पन्न गर्नुपर्ने म्याग्दे गाउँपालिकाका मायादेवी रानाले बताए । आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले आयोगले यो पटक जसरी पनि भूमिहीनलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लगत सङ्कलन कार्यालय उद्घाटनसँगै प्रत्येक वडामा भूमिहीनको लगत सङ्कलनका लागि ३५ दिने सूचना जारी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । साथै आयोगका तर्फबाट आज नै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । अभिमुखीकरणमा पालिकास्तरीय सहजीकरण समिति, वडास्तरीय सहजीकरण समिति र तथ्याङ्क सङ्कलनकर्ता गरी ८० जनाको सहभागिता छ । तालीममा भूमिहीन सुकम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि फारम भर्ने तरिका सिकाइने आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए ।
आयोगका अनुसार जिल्लाको व्यासनगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दिपुर गाउँपालिकामा पहिलो चरणमा सम्झौता गरी लगत सङ्कलनको कार्य भइरहेको छ । दोस्रो चरणमा म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकासँग सम्झौता गरी कार्य अगाडि बढाइएको छ भने घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकामा कार्यक्रम हुन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार