कांग्रेसले ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्छ
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २२:२०:३
अहिले नेपाली कांग्रेसको काँधमा दोहोरो जिम्मेबारी आएको छ । आफ्नो पार्टीको चौधौं राष्ट्रिय महाधिबेशन भदौ महिना भित्रमा सम्पन्न गरिसक्नु पर्ने बाध्यात्मक अवस्था एकातिर छ भने अर्कोतिर देशमा विकसित राजनैतिक घटनाक्रमहरुमा समेत आफ्नो दर्बिलो उपस्थिति देखाउनु पर्ने अवस्था छ ।
जवजव देशमा राजनैतिक खिचातानी, राजनितिक अस्थिरता र अप्ठ्यारो अवस्था सृजना भएर आउँछ तबतब नेपाली कांग्रेसले अत्यन्तै सुझबुझका साथ देशलाई राजनैतिक निकास दिन समेत अग्रसर हुनपर्दछ । यो हिजोदेखि आजसम्म पनि देखिदै र भोगिदै आएको बिषय हो ।नेपाली राजनीतिमा पुष ५ गतेभन्दा अगाडिको नेपालको राजनीति सत्ताधारी दलको आन्तरिक किचलोको रुपमा मात्रै सिमित रहेको देखिएको थियो । नेकपा भित्र जतिसुकै राजनीतिक खिचातानी भए पनि देशमा स्पष्ट बहुमतको कम्युनिष्ट सरकार थियो ।
जनताको अभिमतको कदर भएको र यो सरकार पूर्णकाल ५ बर्षसम्म नै टिक्छ भनेर जनताले विश्वास समेत गरिरहेका थिए । तर नेकपा भित्रको भुसको आगो पुष ५ गतेको प्रधानमन्त्री केपी ओलीको हठात संसद बिघटन र मध्यावधी निर्वाचनको अलोकतान्त्रिक र असंबैधानिक कदमले स्वयं नेकपा भित्र मात्र हैन सिंगो ब्यवस्थाका बिरुद्धमा राँकोको रुप लिनपुग्यो ।
त्यस पछिका घटनाक्रमहरुमा सिंगो लोकतान्त्रिक ब्यवस्थाको संरक्षण र संविधानको सर्बोच्चताको रक्षाका बिषयमा नेपाली कांग्रेसले खेलेको भूमिका पनि ऐना जत्तिकै छर्लङ्ग छ । ओली नेतृत्वको सरकारले घोषणा गरेको निर्वाचनमा नेपाली कांग्रेस भित्र समेत दुई मत रहेको कुरा आम सञ्चार माध्यमहरुबाट बाहिर नआएका भने होईनन् । कोहि सरकारको गलत कदमका बिरुद्धमा सडकमा जानु पर्ने र कोहि सर्बोच्च अदालतको फैसलासम्म पर्खनु पर्ने दोहोरो भूमिकाले केहि समयसम्म नेपाली कांग्रेसलाई जनताले हेर्ने आँखामा धुमिलता भर्ने काम समेत भएको पाईयो । तर सिंगो पार्टी पंक्ति सडक आन्दोलनमा जान अग्रसर भएपछि केहि भागबण्डामा रमाई रहेका नेतृत्वकर्तालाई समेत पछि लागेर लुरुलुरु जनताका आँगनमा जान कर लाग्यो ।
नेपाली कांग्रेसलाई साच्चै निर्वाचन आवश्यक भएको हो भने र बर्तमान ओली सरकारका कदम अन्तर आत्मैदेखि नै असम्बैधानिक हो भन्ने नेपाली कांग्रेसको अडान हो भने अब बस्ने संसदको बैठकमा सबैभन्दा पहिला बर्तमान ओली सरकारका बिरुद्धमा पहिलो अविश्वासको प्रस्ताव नेपाली कांग्रेसले नै दर्ता गराउनु पर्छ ।
बाहिर एउटा रुप र भित्र देखिएको कुरुप चरित्रले झण्डै केहि नेतृत्वको बालुबाटार बसाई सर्ने अभियानमा ब्रेक लाग्यो । वर्तमान राजनैतिक बिकृतिका बिरुद्धमा जनता सडकमा नारा लगाई रहँदा मध्यरातमा बालुवाटार छिर्ने केहि थान कांग्रेसको नेतृत्व पंतीलाई नेपाली कांग्रेसका नेता तथा ईमान्दार कार्यकर्ताहरुले रुचाएनन् । जसको फलस्वरुप सिंगो कांग्रेस सडकमा निस्कियो, संबिधान र ब्यवस्था माथिको कुदृष्टिलाई पराजित गरेर मात्रै फर्कियो । जे र जसरी गए पछि नेपाली कांग्रेसले बर्तमानमा आफ्नो छवि राम्रैसँग जोगायो । नेपाली कांग्रेसमा रहेका युवा नेताहरुको यो शाहस र हिम्मतलाई अहिलेको कांग्रेस नेतृत्वले मुल्यांकन नगरे पनि भावी नेतृत्वले पक्कै पनि मुल्यांकन गर्नेछ, सम्मान गर्नेछ ।
जसरी नेपाली कांग्रेसले हिजो केपी ओली नेतृत्वको सरकारले गरेको राजनैतिक “कु” लाई असफल बनाउन सक्यो त्यसैगरी बर्तमानमा रहेको सोहि सरकारलाई अब बैधानिक बाटोबाट बिदाई गर्न समेत नेपाली कांग्रेस अग्रसर हुनुपर्दछ । हिजो नेपाली कांग्रेसलाई निर्वाचन चाहिएको छ, चुनाव मात्रै नेपाली कांग्रेसको बटमलाईन हो, चुनावमा गयो भने नेपाली कांग्रेसले सहानुभूति र कम्यूनिष्ट पार्टी भित्रको आस्थाको मत समेत प्राप्त गर्न र स्पष्ट बहुमत ल्याएर सरकार बनाउन सकिन्छ भन्ने सोच राखेको भए अब त्यो बैधानिक बाटोबाट नेपाली कांग्रेसले उपयोग गर्न सक्ने अवस्था भने सृजना हुँदै गैरहेको छ । हिजो गलत राजनैतिक बाटोबाट ओली नेतृत्वको सरकारले गराएको निर्वाचनमा सहभागी हुनु भन्दा अब बैधानिक बाटोबाट हुने निर्वाचनमा जानको लागि नेपाली कांग्रेस सहभागी हुनु राम्रो पक्ष हुन सक्दछ ।
अहिले सामाजिक सञ्जालमा देखिएका अल्पमतको सरकारका गैर राजनैतिक कार्यहरुको समेत डटेर बिरोध जनाउँदै अब बन्ने नयाँ सरकारले ति कार्यहरुलाई बदर गराउन सक्ने हिम्मत समेत राख्नु पर्छ । जनताका ढाँड सेक्नेगरी दिनहुँका मुल्यबृद्धि र कृतिम अभावका बिरुद्धमा बिगुल फुक्न अब पनि नेपाली कांग्रेस डराउने र हिजो ओलीसँग दाँत ङिच्याउँदा पाएका राजनैतिक नियुक्ति फिर्ता जाने पो हुन कि भनेर जिब्रो चपाएर बोल्ने नेताहरुका बिरुद्धमा पनि अब नेपाली कांग्रेसको सिंगो युवा पुस्ता भिमशेन स्तम्भ भएर उभिन सक्नु पर्छ ।
नेपाली कांग्रेसलाई साच्चै निर्वाचन आवश्यक भएको हो भने र बर्तमान ओली सरकारका कदम अन्तर आत्मैदेखि नै असम्बैधानिक हो भन्ने नेपाली कांग्रेसको अडान हो भने अब बस्ने संसदको बैठकमा सबैभन्दा पहिला बर्तमान ओली सरकारका बिरुद्धमा पहिलो अविश्वासको प्रस्ताव नेपाली कांग्रेसले नै दर्ता गराउनु पर्छ । सधैं सत्ता पक्ष जस्तो देखिने गरि बिगतमा गरिएका राजनैतिक नियुक्तिका भागबण्डाहरुमै रमाएर अब पनि ओलीबादमा सती जाने हो भने नेपाली कांग्रेसले म प्रतिपक्ष हुँ भनेर डिँङ्ग नहाँके पनि हुन्छ ।
कुनै पनि कुराको समर्थन र बिरोध गर्ने निश्चित सिमाहरु हुन्छन् । त्यहि सिमाभित्र रहेर राजनैतिक दलहरुले समर्थन र बिरोधका कार्यक्रमहरु बनाउँछन्, यो सास्वत सत्य हो । अहिलेको वर्तमान राजनैतिक परिदृष्य हेर्दा आफुलाई सहानुभूतिको समर्थन खोज्न स्वयं सरकारको नेतृत्व गरिरहेका देशका महामहिमहरु नै असुरक्षित भएको भनेर डंङ्का फिजाउँदै हिडिरहदा नेपाली कांग्रेसले सरकारको गलत आसयबाट आएको जनता भडकाउने क्रियाकलापहरुका विरुद्धमा समेत आवाज बुलन्द गर्न सक्नु पर्छ । सधैं अरुलाई होच्याएर आफ्नो ब्यक्तिगत लाभ प्राप्तिका लागि मरिहत्ते गर्ने ओली र ओली प्रबृत्तिका बिरुद्धमा अब संसदमा समेत प्रभावकारी भूमिकामा नेपाली कांग्रेस नै हुनुपर्छ भन्ने आम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भावना, चाहना, माग र आशय रहदै आएको देखिन्छ ।
अहिले सामाजिक सञ्जालमा देखिएका अल्पमतको सरकारका गैर राजनैतिक कार्यहरुको समेत डटेर बिरोध जनाउँदै अब बन्ने नयाँ सरकारले ति कार्यहरुलाई बदर गराउन सक्ने हिम्मत समेत राख्नु पर्छ । जनताका ढाँड सेक्नेगरी दिनहुँका मुल्यबृद्धि र कृतिम अभावका बिरुद्धमा बिगुल फुक्न अब पनि नेपाली कांग्रेस डराउने र हिजो ओलीसँग दाँत ङिच्याउँदा पाएका राजनैतिक नियुक्ति फिर्ता जाने पो हुन कि भनेर जिब्रो चपाएर बोल्ने नेताहरुका बिरुद्धमा पनि अब नेपाली कांग्रेसको सिंगो युवा पुस्ता भिमशेन स्तम्भ भएर उभिन सक्नु पर्छ ।
यस्ता दुईपैसे लोभमा परेर केहि थान आफ्ना आसेपासेलाई नियुक्ति कै भरमा आफ्नो पक्षमा टिकाई राख्ने कार्य मात्रै बर्तमाने नेपाली कांग्रेसको नेतृत्वले गरिरहने हो भने सिंगो देशको नेतृत्व पाए पनि त्यसलाई सफलतापूर्वक अगाडि बढाउन सक्दैन भन्ने गलत शन्देस आम नेपाली नागरिकमा पर्न बेर लाग्दैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
मंसिर १७, २०८१ सोमबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
मंसिर १७, २०८१ सोमबार
सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
विवाहपञ्चमीमा जन्ती स्वागतको तयारी
मंसिर १७, २०८१ सोमबार
निर्माणाधीन पक्की मोटरेवल पुल
मंसिर १७, २०८१ सोमबार
काठमाडौं सिडिओ अफिसमा घुसखोर कर्मचारीकै टीम !
मंसिर १७, २०८१ सोमबार