नवीन्द्रराज जोशीले आफैं सास फेर्न थाले, रक्तचाप पनि नियन्त्रणमा
नेपालबहस संवाददाता
फागुन १८, २०७७ मंगलबार २२:४९:४७
१८ फागुन, काठमाडाैं । मष्तिष्कघात भई शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।
नेता जोशीको अवस्थामा सुधार भएपछि हिजो (सोमबार) बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । ‘सोमबार बिहानदेखि उनले आफैंले सास फेरिरहेका छन्। मेसिनले सास फेराउनु परेको छैन ।’ डा. झाले भने–‘उहाँको रक्तचाप पनि निकै कम थियो, औषधिको प्रयोगबाट त्यो नर्मलभन्दा पनि राम्रोतर्फ गइरहेको छ ।’
बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी-ट्रयाकियोसटोमी) गरिने डा. झाले बताए । ‘यस्ता गम्भीर बिरामीलाई श्वास फेराउन मुखबाट लामो पाइप हाल्न नपरोस् भन्ने उद्देश्यले घाँटीमा सानो प्वाल पार्ने सर्जरी गर्न लागेका हौं ।’ उनले भने–‘त्यसपछि उनलाई हामीले बिस्तारै भेन्टिलेटरबाट निकाल्न सक्छौं कि भन्ने आशा पलाएर आएको छ ।’
डा. झाका अनुसार नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने भइसकेको होइन । ‘मष्तिष्कघात हुने व्यक्ति उपचारपछि खतरामुक्त हुन ३ देखि ४ हप्ता समय लाग्छ ।’ झाले भने–‘अहिलेको अवस्थालाई हामी भेन्टिलेटर सपोर्टसहितको स्पोन्टेनियस मोड भन्छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार