जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगर्ने दुई चिकित्सकसँग स्पष्टीकरणको माग
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १३:३६:११
२० फागुन, काठमाडौं । वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ ।
दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।
अन्सारी ड्युटीको समयमा पनि व्यक्तिगत क्लिनिकमा काम गरेको भेटिएको र पाण्डेले अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न पठाउने गरेको पाइएकाले स्पष्टकीरण सोधिएको थियो । यसअघि पाण्डे र अन्सारीलाई निलम्बन गरिएको भए पनि फेरि पनि गलत काम गरेकाले दोस्रो पटक स्पष्टीकरण सोधिएको हो ।
अस्पतालमा कार्यरत दुवैलाई यसअघि पनि निलम्बन गरेर फुकुवा गरिएको थियो । अन्सारीलाई चार दिन र पाण्डेलाई तीन दिन डा श्रेष्ठले निलम्बन गरिसकेका थिए ।
वाग्मती प्रदेश सरकारमातहत हेटौँडा अस्पताल आएपछि अस्पतालमा व्यापक सेवा सुधारसँगै परिवर्तन आएको छ । सरकारी मान्यताअनुसार ५० शय्याको उक्त अस्पतालमा हाल उचित व्यवस्थापनसहित १२० शय्या सञ्चालनमा रहेको छ । अस्पतालमा मकवानपुर जिल्लासहित बारा, पर्सा र चितवन जिल्लावासीले समेत नियमितरूपमा सेवा लिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कारागारका ६० जना कैदीबन्दी स्थानान्तरण
जेठ ९, २०८१ बुधबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
डोजरमा यात्रा गर्दै श्रमिक
जेठ १०, २०८१ बिहिबार
अल्छि मान्दै कानुन मन्त्रालयको बैठक कोठामा छिरे कार्यदलका सदस्य, छलफल सुरु
जेठ १०, २०८१ बिहिबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार