जग्गाधनी पुर्जा पाउँदा स्थानीयवासीमा खुशी
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १८:५८:५१
२० फागुन,लहान । पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना स्थानीयवासी औधी खुशी भएका छन् । भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपुर्जा बाँडेपछि स्थानीयवासी खुशी भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले स्थानीयवासीलाई लालपुर्जा हस्तान्तरण गर्दै नापीका कर्मचारीले लामो समयको नाँपजाँचपश्चात तयार पारेको पुर्जा स्थानीयवासीलाई वितरण गर्न पाउँदा खुशी लागेको बताए ।
वर्षौँदेखि बस्दै आएको जमिनको धनीपुर्जा पाएपछि आफूलाई औधी खुशी लागेको स्थानीयवासी साहिद हुसैनको भनाइ छ । “बस्दै आएको गाउँब्लक जग्गामा ठूलो रकम खर्च गरेर घर निर्माण गरेको छु”, उनले भने, “त्यो जग्गाको अहिले मालिक बन्न पाउँदा असाध्यै खुशी छुँ ।”
वडाका ३७० घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गरिने वडाध्यक्ष गणेश मुखियाले जानकारी दिए । अझै केही विवादित अवस्थाका जमिनको लागि पनि पहल भइरहेको उनले बताए । नापी कार्यालयका प्रमुख सुभानन्द चौधरीले ६० दिनसम्म उजुरबाजुर दिन सक्ने समय रहेकाले पुर्जामा कुनै समस्या देखापरेमा नापी कार्यालयमा सम्र्पक गरी आफ्नो काम सहजपूर्वक गराउन सबैसँग आग्रह गरे । प्राप्त गरेको ६० दिनपछि मात्र यो प्रमाण पुर्जा अन्य प्रयोजनमा प्रयोग गर्न सकिने उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार