पाकिस्तानी शहर र काठमाडौंबीच सिधा उडान गर्नुपर्नेमा जोड
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २०:४९:३२
२० फागुन, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल र पाकिस्तानको बीचमा व्यापार र आर्थिक सहकार्यको ठूलो सम्भावना रहेकाले त्यसलाई प्रवर्द्धन गर्नका लागि सीधा हवाई उडान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
बुधबार पाकिस्तानी व्यसायीहरुसँगको भेटघाटमा राजदूत अधिकारीले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स ‘पीआइए’ ले पाकिस्तानी शहर र काठमाडौंबीच सिधा उडान गर्नुपर्ने बताए ।
उनले नेपाल र पाकिस्तानले पर्यटन लगायतका क्षेत्रमा सहकार्य अघि बढाउन पर्नेमा पनि जोड दिए । राजदूत अधिकारीले पाकिस्तानी व्यवसायिक समुदायलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै व्यपारका माध्यमबाट दुई मुलुक थप नजिकिने सक्ने पनि बताए ।
उता इस्लामावाद च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्री ‘आइसीसीआई’ का अध्यक्ष सरदार यासिर इलियासले दुई मुलुकबीच एकदमै कम व्यापार भइरहेकाले निजी क्षेत्रले विशेष पहल गरी आर्थिक सहकार्यलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।
इलियासले नेपालतर्फ कलकारखानाका पाटपुर्जा, औषधि, लत्ता कपडा, छालाका वस्तु, फलफुल लगायतका पाकिस्तान उत्पादन पठाउन सकिने बताए । कृषी, उर्जा, प्रविधि लगायतका क्षेत्रमा दुई मुलुकले सहकार्य गर्नुपर्नेमा पनि जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार