आगामी चैत १९ गतेदेखि नभीए भलिबल हुने, विजेताले ३ लाख पाउने
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार २१:४५:५७
२० फागुन, काठमाडौं । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको विजेताले ३ लाख नगद प्राप्त गर्ने भएका छन् । नेपाल भलिबल संघले बिहीबार पत्रकार सम्मेलन गर्दै चैतमा आयोजना हुने लिगको महिला र पुरुष विजेताले ३ लाख पाउने जनाएको छ ।
संघले यस पटकको पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । यस अघि विजेताले २ लाख ५० हजार पाएका थिए । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने छन् ।
राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । प्रतियोगितामा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
उक्त च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलातर्फ एपीएफ क्लबले उपाधि जितेको थियो ।लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, बुद्धटोल भलिबल टिम, नयाँ बजार, मणिमुकुन्दले प्रतिस्पर्धा गर्ने छन् । लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरि कुल ४३ खेल हुनेछ । लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
यस अघि लिग गत वर्षको बैशाख २५ देखि जेठ १ गतेसम्म हुने तालिका रहेको थियो । तर, कोरोना महामारीको कारण लिग स्थगित गरिएको थियो । यस लिगबाट चीनमा आयोजना हुने एसियन च्याम्पियनसिपको लागि महिला टोलीको छनोट गरिनेछ । जसमा ३० खेलाडीहरु छनोट हुनेछन् ।
यस्तै प्रतियोगितामा सहभागी खेलाडी र अफिसियलको इन्सुरेन्स गरिने संघले जनाएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय वाणीज्य बैंकका सिईओ किरण श्रेष्ठले भलिबलसँग सहकार्य गर्न पाउदा खुसी भएको बताए । उनले भलिबलसँग आगामी दिनमा समेत सहकार्य हुने बताए । मुख्य प्रायोजन वापत बैंकले संघलाई १२ लाख उपलब्ध गराउदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार