४८ वर्ष पछि झापा आन्दोलनलाई फर्केर हेर्दा
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १६:४४:२८
२१ फागुन,झापा । नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै विसं २०२८ मा युवा कम्युनिष्टहरुले झापाको ग्रामीण क्षेत्रबाट शुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को सङ्ज्ञा दिएका छन् ।
झापा विद्रोहमा लागेर चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई विसं २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी शहीद स्मृति दिवस’ मनाउने गरिन्छ ।
हरेक वर्ष फागुन २१ का दिन सुखानीमा शहीदको प्रतिमामा माल्र्यापण गर्दै आएका कम्युनिष्ट नेताहरु शहीदको सपना पूरा गर्ने सङ्कल्पबाट च्युत हुने गरेको आरोप लाग्दै आएको छ । समाज बदल्न आन्दोलनमा हिँडेका नेता सत्ता सुख र सुविधामा अल्मलिएर आफैँ बदलिएको तीखो दोषारोपण हुने गरेको छ ।
झापा विद्रोहको गर्भबाट जन्मिएको तत्कालीन नेकपा ९एमाले०बाट केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल गरी तीन प्रधानमन्त्री बनिसकेका छन् । नेकपा ९एमाले०बाटै मुलुकको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी बनेकी छिन् । विद्रोहका अगुवामध्येका ओली वर्तमान अवस्थामा प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को अध्यक्ष नै छन् । विद्रोहकालीन नेता सिपी मैनाली, राधाकृष्ण मैनाली र सीता खड्का मन्त्री भइसके भने नरेश खरेल, मनकुमार गौतम, सीता खड्का, गौरा प्रसाईँलगायत दर्जनौँले सांसद बन्ने मौका पाइसके ।
तत्कालीन नेकपा माओवादीका तर्फबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा बाबुराम भट्टराईले समेत झापा विद्रोहलाई तत्कालीन १० वर्षे जनयुद्धको प्रेरणाको स्रोत भएको बताउने गरेका थिए । पञ्चायती एकदलीय शासनका बेला छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनमा नयाँ ऊर्जा भर्दै एकीकृत बनाउने श्रेय पाएको झापा विद्रोहका अगुवाहरु यतिबेला फेरि विभाजनको भुमरीबाट गुज्रिरहेका छन् । विसं २०७४ को आम चुनावमा दुईतिहाइ नजिकको बहुमत प्राप्त गरेर सत्तामा पुगेको नेकपा विभाजनको ‘अहिले कि भरे’को अवस्थामा छ ।
जुटिसकेको नेकपा फेरि नेताहरुको वैयक्तिक महत्वाकाङ्क्षा र टक्करका कारण विभाजनको सङ्घारमा पुगेको ठहर गर्दै कम्युनिष्ट आन्दोलनमा लामो समय जेलनेल व्यहोरेका झापाली योद्धाहरु नेताहरुले शहीदको सपनाबाट अन्यत्र नमोडिन खबरदारी गर्छन् । “हामीले आन्दोलन गरेर राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्यौँ, तर नेताहरुमा भएको सामन्ती सोच, शैली र व्यवहार फाल्न सकेनौँ”, झापा विद्रोहमा लागेर १४ वर्ष कठोर कारावास भोगेका नेकपा केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य नरेश खरेल भन्छन्, “शहीदको सपना नेताहरुलाई सत्तामा पुर्याउनु मात्र थिएन ।”
उनले झापा आन्दोलनको सपना मानिएको गणतन्त्रको स्थापना भइसके पनि मुलुकलाई समाजवादतिर नलगेसम्म शोषित पीडित समुदायले परिवर्तनको अनुभूति गर्न नसक्ने बताए । शहीदको बलिदान राजनीतिक व्यवस्थाको परिवर्तनका लागि मात्र नभएर गरिब जनताको हितमा समतामूलक शासन ल्याउन भएको बताउँदै झापा आन्दोलनका अगुवामध्येका नेता खरेल सुखानीका शहीदको अधुरा सपना पूरा गर्नेतर्फ डटेर लाग्न खबरदारी गर्छन् ।
झापा विद्रोहबाट प्रभावित भई कम्युनिष्ट आन्दोलनमा लाग्दा विभिन्न समयमा जेलनेल भोगेका झापाली योद्धा भीम कुँवरले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता र स्वाभिमानको रक्षा, सुशासनको पहल, सुखी नेपाली समृद्ध नेपाल अभियानको थालनी, विपन्नलाई निःशुल्क आवास र सामाजिक सुरक्षा भत्ताजस्ता थुपै्र सकारात्मक कार्य गरेको बताए ।
“अरु प्रधानमन्त्रीहरुले बोल्ने आँटसमेत नगरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि समेटेर चुच्चे नक्सा जारी गर्नु सामान्य उपलब्धि होइन”, झापाको चन्द्रगढीमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरी जीविका चलाउँदै आएका योद्धा कुँवर भन्छन्, “केपी ओलीबाट जनताले अरु थुप्रै राम्रा कामको आशा र भरोसा गरेका छन्, अहिले जति काम भए यतिले पर्याप्त हुँदैन ।”
सुशासन कायम गर्ने र मुलुकमा आर्थिक समृद्धिको लहर ल्याउने काम अधुरै रहेको जनाउँदै उनले अहिलेको परिवर्तन ल्याउन ज्यानको बाजी थापेका राजनीतिक योद्धाहरुको अवस्था कहालीलाग्दो रहेको गुनासो गरे । प्रधानमन्त्री ओलीसँगै १४ वर्ष जेल जीवन बिताएका अर्का सहयोद्धा एवं संविधानसभा सदस्य मनकुमार गौतम ‘साथीहरु आज हामीलाई मार्नका लागि जेल सारिँदैछ, क्रान्तिको अभिभारा पूरा गर्ने जिम्मा अब तपाईँहरुको भयो’ भन्दै ४८ वर्षअघि सुखानीका पाँच शहीदले चन्द्रगढी कारागारबाट सरुवा हुँदै गर्दा आफूहरुलाई भनेको कुरा सम्झिछन् ।
कारागारबाट सार्ने कुरा आएपछि सुखानीका शहीदहरुले आफूलाई बलिदानका लागि तयार राखेको र सुखानीमा पुर्याएर गोली हानी हत्या गर्दा आफ्नो शरीर ढले पनि क्रान्ति र क्रान्तिका सपना नढल्ने भन्दै हाँसीहाँसी छाती थापेको उनले बताए । “क्रान्तिका लागि हाँसीहाँसी गोली थाप्ने ती महान् शहीदका सपना पूरा गर्ने विषयमा कसैले पनि गद्दारी गर्नुहुँदैन”, नेकपाका केन्द्रीय सदय गौतमले भने, “उनीहरुले वीरगति पाएको ४८ वर्ष पूरा भइसक्दा शहीदका धेरै सपना अधुरै छन् । झापा आन्दोलनको नेतृत्वकर्तामध्येका एक केपी ओली प्रधानमन्त्री रहेको सरकारले जुनसुकै अप्ठ्याराको सामना गर्दै शहीदका सपना पूरा गर्नुपर्छ ।”
‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ वर्तमान केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले थुप्रै आशलाग्दा कामहरु गरिरहेको उल्लेख गर्दै उनले समाजमा व्याप्त शोषण, दमन, विभेद र अत्याचारको अन्त्य नभएसम्म शहीदका सपना अधुरै रहने बताए ।
झापा विद्रोहका क्रममा सुखानीमा बलिदान दिएका अगुवा नेता रामनाथ दाहालकी छोरी मञ्जु प्रसाईँ कनकाई नगरपालिकाका उपप्रमुख छिन् । नेकपा एमालेबाट निर्वाचित उनी आफूजस्ता केही व्यक्तिले पद पाउँदैमा शहीद परिवारको अवस्थामा सुधार नआउने बताउछिन । क्रान्तिका सयौँ योद्धाका परिवारको हालत दयनीय भएको हुँदा पार्टी र सरकारले त्यसतर्फसमेत ध्यान दिनुपर्ने उनको आग्रह छ ।
सरकारले शहीदका परिवारलाई परिचयपत्रसमेत नदिएको उनको गुनासो छ । व्यक्तिगत लोभ, स्वार्थ र विभाजनकारी सोच त्यागेर नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउन र शहीदको सपनाबाट च्युत हुन नदिन देश र पार्टी हाँकिरहेका नेताहरुलाई जनखबरदारी आवश्यक भएको उहाँले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार