खोप लगाउन सहज पार्ने उद्देश्यले भवन निर्माण
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १९:५३:५७
२१ फागुन,रसुवा । ग्रामीण बालबालिकालाई खोप लगाउन सहज पार्ने उद्देश्यले ठूलोगाउँमा खोपकेन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य संस्था जान आधा घण्टाभन्दा बढी दूरी भएको ग्रामीण बस्तीलाई खोपलगायतका सेवा घर नजिकबाटै सहज पार्ने सरकारको नीतिअनुरूप खोपकेन्द्र निर्माण गरिएको हो ।
उत्तरगया गाउँपालिका–३ ठूलोआँगन आसपास निर्माण गरिएको खोपकेन्द्रले मासिक ३० बालबालिकालाई खोप लगाउन सहज भएको ठूलोगाउँ स्वास्थ्य केन्द्रले जनाएको छ । भवन निर्माणको कूल लागत रु आठ लाख ३५ हजार रहेको र सोमध्ये गाउँपालिबाट रु तीन लाख एवं स्थानीय विकास पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसद मोहन आर्चायले रु पाँच लाख ३५ हजार प्रदान गर्नुभएको वडा नं ३ को कार्यालयले जनाएको छ ।
भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय सुनिता गुरुङले निःशुल्क प्रदान गर्नु भएको स्वास्थ्य केन्द्रले जनाएको छ । खोपकेन्द्र भवनको गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले एक विशेष कार्यक्रमअन्तर्गत उद्घाटन गरे भएपश्चात् नवनिर्मित भवनबाट सेवा सञ्चालन भइसकेको स्वास्थ्य केन्द्र प्रमुख कृष्ण भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार