महिला, किशोरीलाई तीन दिने आत्मसुरक्षा तालीम
नेपालबहस संवाददाता
फागुन २२, २०७७ शनिबार १५:४१:३६
२२ फागुन, नेपालगञ्ज । महिला तथा किशोरीका लागि तीन दिने आत्मसुरक्षा तालीम नेपालगञ्जमा शुरु भएको छ । एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा शुक्रबारदेखि महिलाका लागि तीन दिने तालीम शुरु गरिएको हो ।
तालीमको उद्घाटन समारोहमा प्रहरी वरिष्ठ उपरीक्षक किरण रााणाले शारीरिक र मानसिकरुपमा सक्रिय भएमा महिलालाई आत्मसुरक्षामा सहयोग पुग्ने बताए । उनले महिला यस सृष्टिका सबैभन्दा बलवान व्यक्ति भएकाले आफूलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न सहभागीलाई आग्रह गरे ।
उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालीमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गरे । उनले राज्यले महिलालाई सुरक्षा, समावेशी, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भए पनि त्यसको कार्यान्वयन गर्न नसकिएको बताए । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष नमस्कार शाह, इन्प्रोकका अध्यक्ष तेजविक्रम शाह, स्वास्थ्य तथा शिक्षा विकास केन्द्रका उपाध्यक्ष गणेशप्रसाद भट्टराईलगायतले बोलेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार