प्रधानमन्त्री ओलीको सफल बहिर्गमनको हार्दिक शुभकामना
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार २३:०:५९
२३ फागुन काठमाडौं । केही लाल बुझक्कडहरु अहिले पनि भन्ने गर्दछन्, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा केही पनि भएन, देश बर्बादीको दिशातर्फ मात्रै अग्रसर भयो, भ्रष्टाचारले सीमा नाध्यो, राजनीतिक संस्कार माथि र सिंगो संसदीय प्रणाली माथि नै प्रहार भयो भनेर । तर म त्यो कुरा मान्ने पक्षमा छैन् ।
ओली प्रधानमन्त्री भए यता असाध्यै धेरै देश बिकास हुनुका साथै विश्व राजनीति र आर्थिक नीतिमा पनि ब्यापक परिवर्तन आएको छ । ओली प्रधानमन्त्री नहुँदा हुन त सामसुमको आईफोन बोक्ने सकारका प्रवक्ता र वरिष्ठतम मन्त्री नेपालमा कहिल्यै पनि आउने थिएनन् । एएभ् भनेको के हो ? भनेर थाहा सुद्धिनै नभएको स्वास्थ्यमन्त्री नेपाली जनताले देख्न पाउने नै थिएनन् ।
वर्तमान सरकारका मन्त्रीहरु माथि उल्लेखित केही एकाध मात्रै हैन, प्रायजसो सबै मन्त्रीहरु र स्वयं प्रधानमन्त्री नै यस्ता कुराहरु गर्न माहिर देखिएका छन् । रुखले मानव जगतलाई कार्वनडाई अक्साईड दिन्छ र हामीले रुखलाई अक्सिजन दिन्छौं भन्ने आजसम्म कायम नरहेको बैज्ञानिक मान्यतालाई नै चुनौति दिने मन्त्री संभवत विश्व कम्युनिष्ट आन्दोलन र विश्वका कुनै पनि सरकारले बोल्न नसकेको चामत्कारिक सिद्धान्त प्रतिपादन पनि वर्तमान प्रधानमन्त्री कै कार्यकालमा भएको छ ।
पाईपलाईनबाट घरघरमा ग्याँस आयो । नेपाली जनताले भान्सा कोठामा पिटिक्क पार्ने बित्तिकै खाना पकाउने ग्यासको उपयोग गर्न पाए । गाउँगाउँमा निशुल्क ईन्टरनेटको सुविधा अहिले नेपाली जनताले गरिरहेका छन् । अझै के के परिवर्तन हेर्न पाईने हो ? भनेर ओली सरकार भएको बालुवाटारतर्फ मुख फर्काएर हेरिरहेका छन् ।
श्री ५ लाई नागार्जुन पठाएको १५ बर्षपछि पनि श्री ५ को सरकारको संझना दिलाउने मन्त्रीदेखि प्रधानमन्त्रीलाई पेलेसम्म बनाउने मन्त्रीहरु पनि वर्तमान सरकारका दर्बिला उत्पादनहरु हुन । यस्ता हस्तीहरुको सारथी बनेर हिडेका वर्तमान प्रधानमन्त्री आफै पनि कम चानचुने सिद्धान्तबेत्ता छैनन् । वर्तमान प्रधानमन्त्रीका पालामा केही पनि भएन भनेर घोक्रो सुकाउनेहरुलाई प्रतिउत्तर स्वरुप यहाँ केही बिलक्षण परिवर्तनका उदाहरणहरु प्रस्तुत गर्न चाहान्छु ।
वर्तमान प्रधानमन्त्री ओली कै पालामा संसदका सभामूख कृष्णबहादुर महरा रोशनीको कोठामा रातिको बाह्र बजे रक्सीको बोतल बोकेर पुगे, ओलीकै पालामा ४८ बर्ष पुगेका हाम्रा कुमार प्रदेश प्रमूख शेरधन राईको विवाह भयो । ओलीकै प्रधानमन्त्रीत्वकालमा श्वेता खड्का र अन्जु पन्त जस्ता कलाकारहरुको दोश्रो विवाह सम्पन्न हुनसक्यो ।
ओली सरकारकै नेतृत्वकालमा पाईपलाईनबाट घरघरमा ग्याँस आयो । नेपाली जनताले भान्सा कोठामा पिटिक्क पार्ने बित्तिकै खाना पकाउने ग्यासको उपयोग गर्न पाए । गाउँगाउँमा निशुल्क ईन्टरनेटको सुविधा अहिले नेपाली जनताले गरिरहेका छन् । अझै के के परिवर्तन हेर्न पाईने हो ? भनेर ओली सरकार भएको बालुवाटारतर्फ मुख फर्काएर हेरिरहेका छन् ।
पोखरा बाग्लुंङ रेल चढेर जाने नेपालीको संख्या दिनहुँ बढीरहेको छ । कुष्मामा स्टेशन बनाउन अमेरिकाको निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ । तराईको बिकासको त कुनै छोडौं, पूर्व पश्चिम रेलमार्गबाट बिदेशीहरुको नेपाल प्रवेशको संख्या गणना गर्न समेत नसकिरहेको अवस्था छ ।
पहाडमा तुईन बिस्थापित भएर केबुलकारको प्रयोग बढेको छ । ठूलाठूला शहरहरुमा मेट्रो रेल र बिद्युतिय गाडीहरुको चाँप बढेको छ ।गाउँघरको अहिले कुरै नगरौ हजुर, सबैतिर बिजुली पुगेर झिलिमिली नै झिलिमिली छ । तराईमा सिंचाईको राम्रो ब्यवस्था भएकोले बालीनाली लगाएर आँखाले हेर्न भ्याउने स्थानसम्म तिरिमिरी छ ।
ठेक्कापट्टाको ब्यापारले उच्च अंक ल्याएको छ । कमिशनको ब्यापारले राम्रो बजार पाएको छ । कुलमान हटाएर सालो छिराउनेदेखि आफ्ना बिरोधीलाई जेल छिराउनेसम्मको कामहरु, विप्लबलाई बालुवाटार छिराउनेदेखि आफुभन्दा वरिष्ठ नेताहरुलाई सडकमा पुर्याउनेसम्मको साहसिक र राजनीतिक छलाङ्गसहितको बृहत्तर उपलब्धिको उच्चमुल्यांकन गर्दै प्रधानमन्त्री ओलीको सफल बहिर्गमनको हार्दिक शुभकामना छ ।
वर्तमान ओली सरकारका पालामा मुलुकको प्रगति त्यतिमा मात्रै कहाँ सीमित हुन पायो र ? सबै कुरामा पूर्ववर्ती सरकार भन्दा पहिलो नम्बरमै आउन सफल भएको छ । भ्रष्टाचारमा पहिलो, प्रदुषणमा पहिलो, बलात्कारमा पहिलो, अपहरणमा पहिलो, किसानलाई रसायनिक मल उपलब्ध गराउनमा पहिलो, जन्मोत्सव मनाउनमा पहिलो, नेपालको नक्सा केक बनाएर काटेर खानेमा पहिलो, ओम्नी र यतिलाई देश सुम्पनेमा पहिलो, कोरोना, भारतीय खुफिया एजेन्सीका प्रमूखलाई उच्चसुरक्षाका साथ प्रधानमन्त्री क्वाट बालुवाटारमा प्रधानमन्त्रीकै ओछ्यानमा राखेर सेवा गर्नेमा पहिलो, हुँदाहुँदा कोरोना परीक्षण शुन्यमा झारेर मुलुकलाई कोरोनामुक्त देश बनाउनमै पहिलो बन्न सम्म यो सरकारले भ्याएको छ ।
मुलुकको आर्थिक प्रगतिको त कुरै नगरौ । यहाँ आर्थिक बृद्धिदर झनै बढेर गा छ । अब त प्रत्येक नेपाली जनताले रु. ४६ हजारकाे ऋणको भारी बोक्न पा छ । इतिहासमै शक्तिशाली सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीको पालामा देशमा मात्र हैन, बिदेशमा पनि यो सरकारको प्रभाव उत्तिकै बढेको देखियो । ओली सरकारकै पालामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दारी फुल्यो । ओलीकै राजनीतिक रणकौशलता सिकेर अमेरिकाका राष्ट्रपति जोय वाईडेनले डोनाल्ड ट्रम्पलाई पाखा लगाउँदै अमेरिका जस्तो शक्तिशाली मुलुकको राष्ट्रपति जस्तो चुनावमा बिजय हाँसिल गरे ।
ओली सरकारकै पालामा नासाले मंगलग्रहमा यान पठायो । ओली सरकारकै पालामा बर्मामा सुकीको नेतृत्वले बहुमत पायो अनि ओली सरकारकै पालामा बर्मामा सेनाले देश चलायो । हाम्रा प्रधानमन्त्रीले आफ्नो प्रधानमन्त्रीत्वकालमा आफ्ना दुबै मृगौला फेरे, मुलुकमा महिनौंको नाकाबन्दीमा नेपाली नागरिकले पाएको दुःख हेरे । जनताले आर्थिक अभाव र कृतिम अभाव झेले ।
आफ्नो केही अगुवा पछुवाहरुले भने यसपाली राम्ररी नै आर्थिक बृद्धि हाँसिल गरे । ठेक्कापट्टाको ब्यापारले उच्च अंक ल्याएको छ । कमिशनको ब्यापारले राम्रो बजार पाएको छ । कुलमान हटाएर सालो छिराउनेदेखि आफ्ना बिरोधीलाई जेल छिराउनेसम्मको कामहरु, विप्लबलाई बालुवाटार छिराउनेदेखि आफुभन्दा वरिष्ठ नेताहरुलाई सडकमा पुर्याउनेसम्मको साहसिक र राजनीतिक छलाङ्गसहितको बृहत्तर उपलब्धिको उच्चमुल्यांकन गर्दै प्रधानमन्त्री ओलीको सफल बहिर्गमनको हार्दिक शुभकामना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार