नागरिकताका लागि जनप्रतिनिधिको सहजीकरण
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १४:१५:३
२४ फागुन, वाग्मती । मकवानपुरको विकट राक्सीराङ गाउँपालिकाका स्थानीयवासीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि सहजीकरण गर्न त्यस क्षेत्रका जनप्रतिनिधिले संयुक्तरुपमा आइतबार जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जनप्रतिनिधिको सहजीकरणमा राक्सीराङ गाउँपालिकाको धिराङ, दाम्राङ, गर्लिङ र जुरेथुमका ६० जनाले एकसाथ नागरिकता प्रमाणपत्र प्राप्त गरेका हुन् । खाजा, खाना र गाडीको समेत सेवा दिएर जनप्रतिनिधिले प्रशासन कार्यालयमा आएर एकैदिन ती सबैलाई नागरिकता दिलाएका छन् ।
त्यस क्षेत्रका प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र विभिन्न वडाका वडाध्यक्षसहित जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालयमा स्वयं पुगेर नागरिकता प्रमाणपत्र दिलाउनमा आवश्यक सहयोग र सहजीकरण गरेका थिए । विकट गाउँबाट सदरमुकामसम्म आएर नागरिकता बनाउन एकैदिनमा काम सक्याउन नसक्ने अवस्था रहेकाले स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै आफूहरुले नै सहजीकरण गरेर गाउँवासीलाई नागरिकता दिलाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
नागरिकता बनाउन बाँकी रहेकाको तथ्याङ्क सकंलन गरी आवश्यक कागजातसमेत जुटाउन लगाएर जनप्रतिनिधिले गाउँवासीलाई प्रशासन कार्यालयसम्म ल्याएका थिए । प्रशासन परिसरमा बसेर वडाध्यक्षहरुले नागरिकताको सिफारिस दिएका थिए । गाउँका १६ वर्षदेखि ७१ वर्षसम्मकाले नागरिकता लिएका थिए ।
नागरिकता लिने र सनाखत गर्न आउने करिब १२० भन्दा बढी स्थानीयवासीलाई प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले खाजा र पानीको व्यवस्था गरेका थिए । विकट गाउँका नागरिकलाई नागरिकता बनाउन आउन यातायातको असुविधा, बाँस नै बस्नुपर्ने बाध्यता, आवश्यक कागजपत्रबारे अनभिज्ञतालगायत कारणले असहज भएपछि आफूहरुले सहजीकरण गरेको गाउँपालिका अध्यक्ष मल्लले बताए। नागरिकता बनाउन छुटेका अन्य वडाका बासिन्दालाई पनि नागरिकता बनाउन यस्तै सहजीकरण जारी राख्ने उनको भनाइ छ ।
अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गरेको छ । युवा जनशक्तिलाई रोजगारतर्फ उन्मुख गराउने उद्देश्यले ‘अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गरे । यस कार्यक्रमअन्तर्गत युवायुवतीको मागअनुसार विभिन्न प्रकारका तालीम सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । चालू आर्थिक वर्ष ०७७/०७८ भित्र ड्राइभिङ तालीम, होमस्टे तालीम, सौन्दर्य तालीम, इलेक्ट्रिसियन तालीम, कम्प्युटर तालीम सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
जसअन्तर्गत ड्राइभिङ तालीम, होमस्टे तालीम र सेक्युरियटी गार्डको तालीम यसअगावै सञ्चालन भइसकेका छन् भने एक महिने कम्प्युटर तालीम हाल जारी छ । यसैगरी सौन्दर्य र इलेक्ट्रिसियन तालीम सञ्चालनको क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कारागारका ६० जना कैदीबन्दी स्थानान्तरण
जेठ ९, २०८१ बुधबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
डोजरमा यात्रा गर्दै श्रमिक
जेठ १०, २०८१ बिहिबार
अल्छि मान्दै कानुन मन्त्रालयको बैठक कोठामा छिरे कार्यदलका सदस्य, छलफल सुरु
जेठ १०, २०८१ बिहिबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार