महानगरद्वारा ‘रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि २०७७’ स्वीकृत
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १६:२७:२८
२४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको ५८ औं कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्नेसम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ ।
रिचार्ज काठमाडौं कार्यक्रमअन्तर्गत भूमिगत जल सतहको व्यवस्थापनका लागि जमिन सतहमा भएको पानी जमिनमुनि पठाउन गरिने क्रियाकलापसम्बन्धी व्यवस्था छन् । यसैगरी व्यवसायिक कार्ययोजना बनाउन सहयोग गर्नेसम्बन्धी अवधारणामा टोल तथा समुदायमा स्थानीय तथा परम्परागत सीपको प्रयोग गरेर उत्पादन गरिने सामानको बजारीकरणका लागि तयार पारिने कार्ययोजनासम्बन्धी व्यवस्था छन् ।
त्यस्तै बैठकले ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं कार्यक्रम’ सञ्चालनसम्बन्धी कार्यविधि– २०७७’ र ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्नेसम्बन्धी मापदण्ड’ तयार गर्न सहमति दिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
यी कार्यविधि र मापदण्ड विधायन समितिमा छलफल भएपछि कार्यपालिका हुँदै स्वीकृतिका लागि नगरसभामा पेश हुनेछन् । चालु आर्थिक वर्षमा व्यावसायिक कार्ययोजना तयारीसम्बन्धी कार्यक्रमका लागि रु १० लाख र रिचार्ज काठमाडौँ कार्यक्रमका लागि रु २० लाख विनियोजन गरिएको छ ।
चाँगुनारायण नगरपालिकासँग नगर साझेदारी कार्यक्रम सञ्चालन गर्ने र डडेल्धुरा जिल्लाको अमरगढी नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकले रिक्त कानूनी सल्लाहकारको पदमा सविना शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि सल्लाहकारका रुपमा रहनुभएका रामप्रसाद सिटौला निर्वाचन आयुक्तमा नियुक्त हुनुभएपछि सो पद रिक्त रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार