पाँच युवाको लगानीमा काष्ठ तथा कागज उद्योग सञ्चालन
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १६:३८:३३
२५ फागुन, खोटाङ। खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन् ।
पाँच जनाको रु पाँच/पाँच लाखको शेयर लगानीमा विसं २०७६ मा स्थापना गरिएको उद्योगबाट अहिले फर्निचरका सामग्री उत्पादन एवं बिक्री वितरण भइरहेको छ । नेपाली कागज उत्पादनको काम भने अन्तिम चरणमा पुगेको लगानीकर्तामध्येका रविनकुमार राईले बताएको छ । स्थानीय वन/जङ्गलमा भएका कच्चा सामग्रीलाई उपयोग गर्दै आम्दानीको स्रोत बनाउने र गाउँमै ‘केही गर्न सकिन्छ’ भन्ने उदाहरण देखाएर युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्न सामूहिक लगानीमा उद्योग स्थापना गरिएको जनाइएको छ । काष्ठ उद्योगबाट हाल कुर्सी, टेबल, दराज, सोफालगायतका फर्निचरका सामग्री उत्पादन तथा बिक्री वितरण भइरहेको जनाइएको छ ।
विशेषगरी अर्डर आएअनुसारको फर्निचरका सामग्री तयार पार्ने गरिएको उद्योगका सञ्चालकले बताएका छन् । नेपाली कागज उद्योगबाट हाते तथा कम्प्युटरमा प्रयोग हुने फोटोकपी पेपर उत्पादनको तयारी गरिएको छ । नेपाली कागज उत्पादन गर्न अहिले अर्घेली, सेतबरुवा, सिक्रे र पात्लेवहीको बोक्रा सङ्कलनको काम भइरहेको जनाइएको छ । लगानीकर्तामध्ये रामकुमार कार्कीका बुबा कृष्णबहादुर कार्कीले विसं २०३४ मा स्थापना गरेकै कागज उद्योगलाई सामूहिकरूपमा सञ्चालनमा ल्याइएको हो ।
उद्योग सञ्चालकले काष्ठ तथा नेपाली कागज उत्पादनसँगै कुटानी पिसानी मिल पनि सञ्चालन गरेका छन् । माछा र हाँसपालनका लागि उद्योग नजिकै तीनवटा पोखरीसमेत निर्माण गरिएको रामकुमार कार्कीले जानकारी दिए । “पोखरीमा हाल्नका लागि हाँसका बच्चा ल्याइसकिएको छ”, उनले भने, “ उद्योगसँगै तरकारी खेती पनि गर्ने लक्ष्य राखिएको छ ।” रामकुमारले वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा सात वर्ष बिताएको थियो । मलेशिया बसाइका क्रममा सिकेको सीपलाई उनले गाउँमा स्थापना गरिएको उद्योगमा उपयोग गरिरहेको छ ।
यस्तै पाँच वर्ष कोरिया बसेका कप्दान पनि ‘आफ्नै थातथलोमा केही गरौँ’ भन्ने लक्ष्यका साथ उद्योग स्थापनामा सामेल भएको छ । दश स्थानीय तह रहेको जिल्लाका अधिकांश युवाले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर फर्किएपछि आफ्नै गाउँमा स्वरोजगारमूलक व्यवसाय शुरु गरेका छन् ।
यसैबीच खोटेहाङ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरेको छ । समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरेको हो । दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित दलित लक्षित कार्यक्रमअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेबाट ‘दलितसँग गाउँपालिका’ कार्यक्रम शुरु गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए । चालु आवमा लिच्कीराम्चेसहित वडा नं ३ सावाकटहरे र वडा नं ४ बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
‘दलितसँग गाउँपालिका’ कार्यक्रमअन्तर्गत तीनवटै वडाका दलित समुदायलाई स्वास्थ्य, शिक्षा तथा व्यवसाय छनोट, दर्ता र सञ्चालनलगायतका विषयमा जानकारी दिइने छ । यस्तै दलित परिवारको आर्थिक आयआर्जनमा टेवा पु¥याउने लक्ष्यअनुसार १५ उद्यमीलाई उत्पादन सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम छ । यसबाहेक वडास्तरीय दलित सञ्जाल गठन, दलित र गैरदलितबीच सहभोजलगायतका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । लिच्कीराम्चेमा आइतबार आयोजित दलितसँग गाउँपालिकासम्बन्धी अभिमुखीकरण गोष्ठी गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकतार एयरवेजको विमान उड्ने क्रममा धुवाँ देखियो, प्राविधिक परीक्षण हुँदै
बैशाख २४, २०८१ सोमबार
एयर इन्डिया र नेपाल एयरलाइन्सका श्रमिकको चेतावनी, मर्यादित ज्याला नपाए सेवा ठप्प
बैशाख २४, २०८१ सोमबार
घरजग्गा कारोबार: साढे तीन खर्ब लगानी, व्यवसाय सुस्त
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
भेपमा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु
बैशाख २५, २०८१ मंगलबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
दशरथ रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा
बैशाख २५, २०८१ मंगलबार
इआईए प्रक्रियामा अल्झियो मझगाउँ विमानस्थल पुनः निर्माण
बैशाख २५, २०८१ मंगलबार
चितवनमा बाघ र गैँडा मृत फेला
बैशाख २५, २०८१ मंगलबार
यी मन्त्रले अफिसको तनावपूर्ण अवस्थाबाट तत्काल राहत दिन्छ
बैशाख २५, २०८१ मंगलबार