चितवन मेडिकल कलेजमा ९८ भेन्टिलेटर पुगे
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २१:१५:४०
२५ फागुन, चितवन । जटिल बिरामीको उपचारमा अत्यावश्यक हुने भेन्टिलेटर चितवन मेडिकल कलेजमा ९८ पुगेको छ । रोटरी इन्टरनेशनलले ३० वटा भेन्टिलेटर सहयोग गरेपछि कलेजमा सङ्ख्या थपिएको हो ।
यसअघि कलेजमा ६८ वटा भेन्टिलेटर रहेका थिए । तीमध्ये नौवटा बच्चाको उपचारमा प्रयोग गरिएको थियो भने अन्य विभिन्न विभागमा जडान गरिएका थिए । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेका अनुसार झण्डै रु आठ करोड पर्ने ३० थान भेन्टिलेटर रोटरी क्लब अफ चितवनको सहकार्यमा रोटरी इन्टरनेशनलबाट प्राप्त भएको हो ।
रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष राजु पौडेलका अनुसार रोटरीबाट प्राप्त भएका भेन्टिलेटरमा उपचार गराउने बिरामीका लागि शुल्क २५ प्रतिशतदेखि शत्प्रतिशतसम्म छुट गरिनेछ ।
त्यसैगरी भेन्टिलेटरबाट बचेको रकम सुधार र अन्य समाजसेवामा खर्च गरिनेछ । उनले भने, “चितवन मेडिकल कलेजले सहकार्य गरेर मानवीय सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” यससँगै भेन्टिलेटरको अभावमा बिरामी राजधानी काठमाडौँ पठाउनुपर्ने बाध्यता केही हदसम्म हट्ने पौडेलको भनाइ छ ।
प्राडा न्यौपानेले एउटा भेन्टिलेटर जडान र सञ्चालन गर्न रु ५० लाख हाराहारी खर्च हुने बताए । यस्तै क्रिटिकल केयरसम्बन्धी विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी आवश्यक पर्ने भएकाले ठूलो सङ्ख्यामा यसको व्यवस्थापन गर्न कठिन भए पनि कलेजले व्यवस्थापन गरिरहेको उनको भनाइ छ ।नेपालमा नै यो सङ्ख्यामा भेन्टिलेर अन्य अस्पतालमा सम्भवत नरहेको भन्दै उहाँले यससँगै चितवन र छिमेकी जिल्लाका बिरामी लाभान्वित हुने बताए।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार गत वर्ष बहिरङ्ग सेवामा चार लाख बिरामीले सेवा लिएका थिए जसमध्ये तीन लाख नयाँ थिए । यस्तै आकस्मिक ३६ हजार, भर्ना भएर उपचार लिने ३५ हजार, बीमाका ७५ हजार, जटिल शल्यक्रिया गराउनेको सङ्ख्या दुई हजार, निःशुल्क प्रसूति गराउने तीन हजार ५०० रहेको उनले जानकारी दिए ।
जटिल रोग भएर रु एक लाख सरकारको सहयोग पाउने ३७० जनाले सेवा लिएका छन् । निःशुल्क आठ हजारलाई डायलासिस, भरतपुर महानगरपालिकाका तीन हजार ५०० महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । ३२ हजार गरीब तथा विपन्नलाई छुट सुविधा दिएको उहाँले जानकारी दिनुभयो । छुटमा मात्रै रु तीन करोड ८५ लाख अस्पतालले खर्च गरेको देवकोटाले बताए ।
अस्पतालमा आएका बिरामीमध्ये ६१ प्रतिशत चितवनका थिए भने अन्य धेरै बिरामी नवलपरासी, गोरखा, लम्जुङ, तनहुँ र मकवानपुरका रहेको उनको भनाइ छ । यस अस्पतालमा कतिपय रोगका बिरामीहरु काठमाडौँबाट समेत रिफर भएर आउने गरेको देवकोटाले जिकिर गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार