चितवनकाे स्वास्थ्य संस्थामा सुत्केरी गराउने ११ हजार
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २१:४७:११
२५ फागुन, भरतपुर। चितवनमा चालू आर्थिक वर्षमा १० हजार ५४८ जना सुत्केरी भएका छन् । जसमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने १० हजार ३११ जना छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा ३५.७ प्रतिशत महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका छन् ।
सुत्केरी हुनेमध्ये तीन हजार ७६२ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए ।
दुई प्रतिशत अर्थात् २१८ महिलाले ‘भ्याकुम फोर्स’का सहायताबाट बच्चा जन्माएको उनले बताए । ६२.३ प्रतिशत अर्थात छ हजार ५६८ महिलाले समान्यरुपमा बच्चा जन्माएको कार्यालयको तथ्याङक छ ।
चालू आवमा मातृ मृत्युदर एक लाखमा ३३.२ रहेको छ भने जन्मेको २८ दिनभित्रमा २१ जना शिशुको ज्यान गएको छ । गत आव २०७६/७७ मा ३४.३ प्रतिशत अर्थात छ हजार ४४९ महिलाले शल्यक्रियामार्फत् बच्चा जन्माएका थिए । गत आवमा जिल्लाभरमा १८ हजार ७८५ महिला सुत्केरी भएका थिए । जसमा स्वास्थ्य संस्थाबाट १८ हजार ४९३ जनाले सुत्केरी गराएका थिए ।
भरतपुर अस्पतालका स्त्री तथा प्रसूति विभागका प्रमुख डा सुनिलमणि पोख्रेलले महिलाको शारीरिक अवस्था, बच्चाको अवस्थालगायतका विभिन्न कारणले गर्दा आमा र बच्चाको स्वास्थ्यमा असर पर्ने देखिएमा डाक्टरले नै शल्यक्रिया गराउन सल्लाह दिन्छन् । कतिपय अवस्थामा पीडा सहन नसक्दा गर्भवती र आफन्तले नै शल्यक्रिया गरिदिन भन्ने गरेको उनले बताए ।
पछिल्लो समय महिलाले जोखिम मोल्न र पीडा सहन नसक्दा शल्यक्रिया गरेर सुत्केरी गराउने क्रम बढेको डा पोख्रेल बताउँछन् । “यस्तै एकपटक शल्यक्रियामार्फत् बच्चा जन्माएकी महिलाले अर्को पटक जन्माउँदा पनि शल्यक्रिया गर्नुपर्ने भएकाले पनि यो दर बढ्दै गएको उनले बताए ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार