कांग्रेस नेता जोशी फेरि भेन्टिलेटरमा
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २१:३४:३५
२५ फागुन, काठमाडौं । मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ । गत फागुन १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।
अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ । भेन्टिलेटरको सहयोगबाट उनको रक्तचाप सामान्य छ भने प्रतिमिनेट उहाँ आफैँले ८–१० पटक श्वास फेरिरहेका छन्।’
‘‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उनी अझै कोमामै छन’’ उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा राजीव झाले भने । मस्तिष्कघात हुँदा रक्तस्राव भई उनको टाउकामा रगत जमेको थियो । यस्ता बिरामीमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको उनको भनाइ छ ।
आज दिउँसो ३ बजेसम्म उनको स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै जोखिमपूर्ण अवस्था रहेको अस्पतालले जनाएको छ । गत सोमबार बिहानबाट आफैँले श्वास फेर्न थालेपछि जोशीलाई अस्पतालले भेन्टिलेटरबाट निकालेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार
भक्तपुर पुगेर प्रधानमन्त्री र संस्कृतिमन्त्रीले भने, नेपाल भाषालाई पाठ्यक्रममा समावेश गराइन्छ
कात्तिक १७, २०८१ शनिबार
सांस्कृतिक पहिरनसहित काठमाडौंको वसन्तपुरमा धुमधामसँग मनाइयो नेपाल संवत्
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार