अब डिशहोम गोबाटै ७० वटा टिभी च्यालन हेर्न सकिने
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २३:४०:३१
२५ फागुन, काठमाडौं । डिशमोहले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा (डिशहोम गो) अन्तर्गत ७० वटा च्यानल हेर्न सकिने गरी सेवा विस्तार गरेको छ । डिशहोम गोमा थप ५० च्यानल थपिएका छन् । उक्त सुविधा सुरु हुँदा २० च्यानल हेर्न सकिन्थ्यो । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न सक्ने गरी केही समयअघि डिशहोम गो मोबाइल एप सञ्चालनमा ल्याएको थियो ।
योसँगै डिशहोम गो एपले ‘भिडियो अन डिमाण्ड’ सेवाको पनि थालनी गरेको छ । जसमा ग्राहकले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सट फिल्म हेर्न सक्नेछन् । डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरी निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् । डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगलप्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटै डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकतार एयरवेजको विमान उड्ने क्रममा धुवाँ देखियो, प्राविधिक परीक्षण हुँदै
बैशाख २४, २०८१ सोमबार
एयर इन्डिया र नेपाल एयरलाइन्सका श्रमिकको चेतावनी, मर्यादित ज्याला नपाए सेवा ठप्प
बैशाख २४, २०८१ सोमबार
घरजग्गा कारोबार: साढे तीन खर्ब लगानी, व्यवसाय सुस्त
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
सुहाङले आज सांसद पदको शपथ लिँदै
बैशाख २६, २०८१ बुधबार
केन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
बैशाख २६, २०८१ बुधबार
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार