भूमिहीन बादी समुदायका लागि घर बन्दै
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १७:२१:४९
२६ फागुन,डोटी । वर्षौँदेखि घर र जमीन नभएका डोटीका बादी समुदायका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले जमीन खरीद गरेर घर निर्माण गर्न शुरु गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सरकारी जमीनमा बस्दै आएका बादी समुदायका भूमिहीन सात परिवारका लागि अब घर बन्ने भएको छ ।
नगरपालिकाले कार्यविधि बनाएर ती परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि दुई÷दुईकोठे घरको शिलान्यास गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिए । भूमिहीन बादी समुदायका ती परिवारलाई दुईकोठे घर निर्माण गर्न रु ४१ लाख ४९ हजार ९८।७६ मा ठेक्का सम्झौता भएको छ ।
उनका अनुसार घर निर्माणका लागि नगरपालिकाले कार्यविधि नै बनाएर आर्थिक वर्ष २०७५÷७६ को रु १२ लाख रकमबाट तीन घरपरिवारलाई र आव २०७६÷७७ को रु १२ लाख रकमबाट चार घरपरिवारलाई गरी जम्मा सात घरपरिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले विसं २०७६ वैशाख ५ गते पुस्कर बादी, गणेशबहादुर बादी र श्याम दासलाई उक्त जग्गाधनी पुर्जा प्रदान गरेको थियो भने माया बादी, भक्तबहादुर दास, तेजबहादुर दास, दिलबहादुर बादीलाई आज जग्गाधनी पुर्जा प्रदान गरेको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त जग्गा बिक्री वितरण भने गर्न नपाइने गरी जग्गाधनी पुर्जा प्रदान गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले उनीहरुका लागि जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले घर निर्माणमा सहयोग गरेको हो । चालू आवको असार मसान्तभित्र सातवटै घर निर्माण गरिसक्ने गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गएको गत माघ १० गते सम्झौता भई निर्माणको जिम्मा पाएको नागार्जुन कन्स्ट्रक्सन कञ्चनपुरका प्रतिनिधि सुचित्र शाह बताउछन् ।
दुईकोठे सात घर निर्माणका लागि रु ४१ लाख ४९ हजार ९८।७६ मा ठेक्का सम्झौता भएको छ । निर्माण कार्यको ह्याबिटेट नामक संस्थाले प्राविधिक सहयोग गर्ने भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति डोटीका अध्यक्ष गणेश विष्टले जानकारी दिए । घरसँगै अब उनीहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था हुनु जरुरी भएको छ ।” लामो समयदेखि नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा बसोबास गर्दै आएका बादी समुदायले घर र जमीन पाएपछि स्थानीयवासी निकै खुशी छन् । आफूलगायत सात घरपरिवारका लागि लालपुर्जासहितका घर निर्माण हुन थालेपछि निकै हर्षित भएको स्थानीयवासी माया बादी बताउछिन् । भूमिहीन यहाँका बादी समुदाय लामो समयदेखि समूहगाड, तिखा, राजपुर, सुनगडा, सेती प्राविधिकको मूलगेट, कालागाढलगायतका जिल्लाका विभिन्न क्षेत्रमा टहरा बनाएर बस्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
तारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार