डा. शेखरमय बन्दै झापा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २०:६:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/shekhar_QKQ8QLteao.jpg)
२६ फागुन, झापा । डा. शेखर काेइरालाको आगमनले जुर्मुराएको झापा कांग्रेस अबको नेपाली कांग्रेसको नेतृत्व डा. शेखरले गर्नुपर्ने निष्कर्शमा पुगेको देखिएको छ ।
पुराना र अनुभवले खारिएका नेताहरुलाई आत्मसम्मान र उचित स्थान दिएर युवाको नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढने कुरालाई अफ्नो मुल एजेण्डा बनाएर भावी सभापतिको दौडमा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर हिजो र आज झापाका बिभिन्न राजनीतिक कार्यक्रम, कार्यकर्ता भेटघाट र डा. शंकर उप्रेतीको १२ औं पुण्यतिथिमा सहभागी हुँदै आम पार्टीका नेता तथा कार्यकर्ताहरुको भावना र चाहना बुझ्दै छन् ।
हिजो झापाको क्षेत्र नं. ५ मा भएका दुईवटा कार्यक्रममा सहभागी हुने क्रममा उनले अब नेपाली कांग्रेसलाई पुरानै अवस्थामा पुर्याएर मात्र आफुले बिश्राम लिने उद्घोष गरेका छन् । विश्वेश्वरप्रसाद कोइराला र गिरिजाबाबु झै अत्यन्तै शालिन, भद्र र नम्र स्वभावका धनी डा. शेखरलाई झापाली जनता र झापाली कांग्रेसको न्यानो माया र समर्थन प्राप्त भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी फुट्यो, त्यसैले अब हामी ठूलो पार्टी भयौं भनेर नबुझ्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई स्पष्ट पार्दै नेता कोइरालाले पार्टी भित्र विचारका समूहहरु आवश्यक रहेको तर व्यक्तिगत गुटबन्दी निर्माण हुनु अत्यन्तै दुःखदायी भएको बताएका छन् । नेपाली कांग्रेसका बयोबृद्ध नेता तथा झापा कांग्रेसका जीउँदो धरोहर पुर्णानन्द शर्मातर्फ लक्षित गर्दै कोइरालाले भने :– “म भन्दा बढी बीपी, शुवर्णशमशेर, गणेशमानजी र किसुनजीलाई पूर्णानन्दजीले चिन्नुहुन्छ, हिजो नेपाली कांग्रेसमा बीपी र मातृकाप्रसाद कोइराला बीचमा भएको व्यक्तिवादी द्धन्दले पार्टीलाई कहाँ पुर्यायो भन्ने कुरा पूर्णनन्द जीलाई थाहा छ, त्यसैले हामीले विचारका समूहहरु भन्दा व्यक्तिगत गुट उपगुटबाट सजग र सचेत रहन आवश्यक छ ।”
नेपाली कांग्रेसका जिल्ला, क्षेत्र र पालीकास्तरीय नेता तथा कार्यकर्तातर्फ इंगित गर्दै उनले भनेका छन् , हामीले हाम्रा पार्टीका कार्यकर्ताहरुको भावना र चाहनालाई राम्ररी बुझ्न सकेनौ भने हामी कहिल्यै सफल राजनीतिज्ञ बन्न सक्दैनौं । चौधौं महाधिवेशनबाट नयाँ आउने नेतृत्वले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउँदै लैजाने र आगामी निर्वाचनमा पहिलो पार्टी बन्न सफल हुने बताएका छन् ।
निर्वाचनकाे विकल्प छैन
कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भएपनि अब संसद चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राखेका हुन् ।
“नेपाल कम्युनिष्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी) मा फर्किए, सहज रुपमा अब संसद् चल्न सक्दैन”, उनले भने, “संसद चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत भए पनि निकास दिनुपर्छ ।” डा. कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्ने बताउँदै त्यसै अनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए ।
उनले पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति नभएको हुँदा कांग्रेसले देशलाई निकास दिन केही महत्वपूर्ण निर्णय तत्काल लिने धारणा व्यक्त गरे । उनले कांग्रेसको १४ औंँ महाधिवेशनको आफू बलियो सभापतिको दावेदार रहेको बताउँदै सोहीअनुरुप नै जिल्ला दौडाहामा निस्किएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर महानगरको बजेट साढे तीन अर्ब
असार १०, २०८१ सोमबार
कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ सकिएन, मंगलबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुने
असार १०, २०८१ सोमबार
बिर्तामोड–शनिश्चरे सडक कालोपत्र सुरु
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार