ओलीलाई विस्थापित गर्न कस्सियो माओवादी, जसपा पनि बार्गेनिङ गर्दै
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २०:४७:५०
२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको विकल्प तत्काल आवश्यक भएको ठहर गरेको छ । तर परिस्थिति परिपक्व नभई ओली सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने रणनीति बनाएको छ ।
आज पेरिसडाँडास्थित मुख्यालयमा बसेको स्थायी कमिटी बैठकले वैकल्पिक सरकार निर्माण गर्न नेपाली कांग्रेस र जनता समाजवादी दलसँग सहमति र सहकार्य जरुरी भएको ठहर गरेको छ । साथै, यस प्रयोजनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सम्मिलित उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।
अब तत्कालै नेपाली कांग्रेस र जसपासँग औपचारिक रुपमै यसबारे घनिभूत छलफल गरिने जानकारी उपाध्यक्ष श्रेष्ठले दिए । साथै, उनले ओली सरकारलाई दिइरहेको समर्थन हाललाई यथावत रहने पनि बताए । यसको कारण खुलस्त गर्दै उनले भने–समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिन विश्वासको मत लिने समय पाउने छन् । तर अविश्वास प्रस्ताव ल्याउँदा एक सातामै ओलीमुक्त सरकार बनाउन सकिने भएकाले हतार नगरेका हौं ।
आजैबाट माओवादीले कांग्रेस र जसपासँग औपचारिक रुपमै छलफल गर्ने जानकारी उनले दिए । जसपाले पनि पाँच सदस्यीय वार्ता टोली हिजै गठन गरेको छ । तर नेपाली कांग्रेसले भने अझै कुनै टोली बनाएको छैन । अझै पर्ख र हेर कै अवस्थामा कांग्रेस रहेको देखिन्छ ।
उता, ओलीले धेरै भर गरेको जसपा पनि उनका लागि त्यति सहज देखिंदैन । किनभने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीमैत्री छैनन् ।साथै, ओलीले भर गरेका महन्थ ठाकुर र राजेन्द्र महतोसमेत ओलीप्रति धेरै विश्वस्त छैनन् । विगतमा ओली सरकारलाई समर्थन गर्दा धोका मात्र दिएको बुझाई उनीहरुको छ ।
आज संसद भवनबाट बाहिरिने क्रममा नेता महतोले प्रष्टै भने–ओलीजीप्रति भर छैन । किनभने उनमा ठग्ने प्रवृत्ति छ । हाम्रा माग पूरा नभएसम्म कसैले आश्वासन दिएको भरमा सरकारमा जाने कुरा छैन ।
जसपाले हत्या आरोपी सांसद रेशम चौधरीको तत्काल रिहाई र संविधान संशोधनलाई बटम लाइन बनाएको छ । ओली उनीहरुको माग पूरा गर्न सकारात्मक रहेको बुझाई उनीहरुको रहेको छ । तर अब उधारोमा होइन सबै काम नगदमै हुनुपर्छ – नेता महतोले भने ।
ओली बाहेक अर्काे गठबन्धन पनि बन्न सक्ने सम्भावना उनले अस्वीकार गरेनन् । तर हाम्रा माग पूरा भएन भने अर्काे गठबन्धन बन्न सक्छ – उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार