एलनकी प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँमा बिक्री
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार २१:२:१०
२७ फागुन, एजेन्सी । एलन मस्ककी प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति २० मिनेटमै करोडौँमा बिक्री भएकाे छ । टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कलाई धनले यति माया गर्दो रहेछ कि प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ रुपैयाँमा बिक्री भएको छ ।
मस्ककी प्रेमिका सिंगर ग्रिम्सले हालै आफ्नो डिजिटल कला संग्रहको लिलामी गरेकी हुन् । अनलाइनमा भएको उक्त लिलामीमा उनका डिजिटल कलाकृति झण्डै ६८ करोड रुपैयाँ बराबरको मूल्यमा २० मिनेटमै बिक्री भए ।
आफ्नो डिटिजल आर्ट कलेक्सनलाई ग्रिम्सले वारनिम्फ नामाकरण गरेकी थिइन् । त्यसमध्ये एउटा चित्रमा परी बच्चाले कसरी मंगल ग्रहको रक्षा गरिरहेको छ रु भन्ने देखाइएको छ । सबै कलाकृतिहरु नन फंगिबल टोकन्सको रुपमा बेचिएको हो । ग्रिम्स आफैले ट्वीटर मार्फत् जानकारी गराउँदै आफ्ना १० वटा कलाकृतिहरु ५८ लाख डलरमा बिक्री भएको खुलासा गरेकी छिन् ।
त्यसमध्ये परी बच्चाले मंगल ग्रहको रक्षा गरिरहेको छ तस्वीर आकर्षणको केन्द्र बन्यो र १० मिनेटमै ३ लाख डलरमा बिक्री भयो । न्यु बर्न टू शीर्षकको चित्र २५ लाख डलरमा बिक्यो ।
गायिका समेत रहेकी ग्रिम्सले आफ्नो क्रिप्टो डिजिटल कलाकृतिहरु ४८ घण्टाभित्रमा बिक्री हुने अपेक्षासहित लिलामीमा राखेकी थिइन् ।लिलामीबाट उठेको रकमको केही हिस्सा हरितगृह ग्याँस उत्सर्जन कटौति सम्बन्धमा काम गर्ने संस्थालाई दान गर्ने ग्रिम्सको योजना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार